अपराध

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जना पक्राउ

By खबरहब

March 30, 2023

काठमाडौँ- भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनि विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारी ५० जनाभन्दा बढी पीडितबाट ३ करोड २४ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले सागर राईलाई पक्राउ गरेको हो ।

घटनाबारे परेका २ वटा छुट्टाछुट्टै किटानी जाहेरीका आधारमा ठगी गर्ने कार्यमा संलग्न राईलाई काठमाडौँको बालकुमारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई मुलुकी अपराध संहिताको दफा २४९ (१) र (२) बमोजिमको कसुर अपराधमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।