महावीर पुन : पानी पर्दासमेत त्रिपाल मुनि दोस्रो रात सडकमा सुते « Khabarhub

महावीर पुन : पानी पर्दासमेत त्रिपाल मुनि दोस्रो रात सडकमा सुते


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन दोस्रो रात पनि माइतीघर मण्डला सुतेका छन्।

शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि’ सामाजिक जनआन्दोलन थालेका पुनले आइतबार राति पनि माइतीघर मण्डलामै सुतेका थिए।

शनिवार दिउँसोदेखि नै मुसलधारे पानी परे पनि पुनको टोली त्यहाँबाट हटेन। बरु त्रिपालमुनि बस्यो। उनले त्यसको भिडियो पनि सार्वजनिक गरेका छन्।  ‘धर्ना जारी छ र हुनेछ, आज राती पनि यतै सुत्ने हो’ शनिवार साँझै उनले जानकारी दिएका थिए।

शनिवार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलगायत माइतीघर पुगेर पुनको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए।

आविष्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन्।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि पुन आन्दोलनमा होमिएका हुन्।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारसँग तपाईँको सन्तानको, तपाईँको भावी सन्ततिको र मातृभूमिको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उनले भनेका थिए, ‘वैशाख १५ गते शुक्रबारदेखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्दछु।’

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ४० बजे

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो