महावीरको आन्दोलनलाई समर्थन जनाउँदै देशका विभिन्न ठाउँमा प्रदर्शन « Khabarhub

महावीरको आन्दोलनलाई समर्थन जनाउँदै देशका विभिन्न ठाउँमा प्रदर्शन


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौँको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशभरबाट ऐक्यबद्धता जनाउन सुरु भएको छ।

शनिबार साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रदर्शन गरे भने नेपालगञ्जस्थित त्रिभुवन चौकमा पनि स्वस्फुर्तरुपमा प्रदर्शन भएको छ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रवारदेखि धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरूले देशैभरीबाट क्रमशः प्रदर्शन सुरु गरेका हुन्।

‘इलाम, सिमरा, चितवन, नेपालगन्ज र पोखरामा पनि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफ्नो आन्दोलनको समर्थनमा भएका प्रदर्शनबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, ‘इच्छा हुनेहरूले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ ।’

पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले महावीर पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन्। प्ले कार्डसहित स्वतःस्फूर्त रूपमा क्रमशः सडकमा प्रदर्शनकारी आउन थालेका हुन् । सिमराका युवाहरूले भने दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने जनाएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ४६ बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश