खतरनाक चिनियाँ साइबर अपराध | Khabarhub Khabarhub

खतरनाक चिनियाँ साइबर अपराध


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

चोरी र अपराधको नयाँ शैली बढ्ने क्रममा २१ औं शताब्दीमा साइबर अपराध बढ्दो छ। खासगरी पासवर्ड ह्याक गरेर अपराध गर्नेको सूची नै बढ्दो छ। साइबर टुलसमेत यस्ता अपराधिक गिरोहले एकले अर्कोलाई आपसमा हस्तान्तरण गर्ने गरेको तथ्यसमेत फेला परेको छ।

विथ सेक्युर कम्पनीले तयार पारेको साइबर आक्रमण गर्ने टुल सिल्क लोडर चिनियाँ गिरोहले रुसी फिरौती असुल्ने ग्याङलाई हस्तान्तरण गरेको छ। यसका बारे अध्ययन गर्नेले गरेको खुलासा अनुसार फ्रान्समा समाजसेवाका संस्थालाई आक्रमण गर्ने क्रममा यसको प्रयोग हुने गरेको थियो। यसको निर्माण पनि फ्रान्सलाई नै लक्षित गरेर भएको हो। सन् २०२२ को सुरुवातदेखि नै यसको प्रयोग गरेर आक्रमण गर्ने काम हुने गरेको थियो।

सन् २०२२ को गृष्म ऋतु भन्दा अघि नै चिनियाँ सिल्करोडर कम्पनीको उत्पादनलाई चिनियाँ आपराधिक समूहले सबैभन्दा धेरै प्रयोग गरेका थियो। पूर्वी एसियाका हङकङ लगायतका देश यस समूहको मुख्य निसाना बनेका थिए।

सेप्टेम्बर महिनामा ताइवान, ब्राजिल र फ्रान्स लगायत देशमा फेला नपरेसम्म कसैले पनि यसलाई पत्तो लगाउन सकेका थिएनन्। त्यस पछि नै सिल्करोडर परम्परागत रूपमै यस्ता काममा सक्रिय रहेका रुसी गिरोहलाई बेचिएको तथ्य फेला परेको हो।

‘रुसको इको सिस्टम समूहलाई यो बेचिएको पक्का भएको छ। त्यहाँको खतरनाक एउटा समूहले यसलाई अहिले प्रयोग गरिरहेको छ। एकदमै विश्वसनीय मानिएको स्थानमा समेत उनीहरूको आक्रमण भइरहेको छ। फिरौती गिरोहको कामगरि रहेका धेरै समूहका सदस्यसँग अहिले यो सफ्ट वेयर हुनसक्छ।’ विथ सेक्युरका इन्टलीजेन्स रिसर्चर मोहम्मद काजेम हसन नजीदले भने, ‘धेरै समूह कान्टी समूहको सदस्य छन्। या यो समूहसँग मिलेर काम गरिरहेका छन्।’

सिल्क लोडर एउटा लोडर हो। डिएलएल साइड लोडिङ प्रविधिमार्फत् यसले काम गर्छ। भिएलएस भिडिया प्लेयरमार्फत यसले धेरै डिभाइसमा आक्रमण गर्छ। यसरी सङ्क्रमित भएका डिभाइससम्म पुग्नका लागि आक्रमण कर्ताका लागि यसले बाटो तयार गर्छ।

विथ सेक्युरका उपप्रमुख पावलो पालुम्बोको अनुसार साइबर क्राइमको दुनियाँमा यो लोडरले हङ्गामा नै मच्चाएको छ। ‘आफूलाई सुरक्षित ठानेर बस्नेलाई समेत सताउने गरी पछिल्लो समय साइबर क्राइमका गिरोह सक्रिय भएका छन्,’ उनले भने।

साइबर क्राइमका कारण अन्य देश मात्र होइन चीन आफैलाई पनि समस्या नपरेको होइन। आठ महिनाअघि नै उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमटीटीआई) ले पत्रकार सम्मेलन गरेको थियो। पत्रकार सम्मेलनमा त्यहाँको मन्त्रालयका अधिकारीले चीनले साइबर सुरक्षाका लागि बजेट हरेक वर्ष बढाउँदै लगेको छ।

साइबर क्राइम हटाउनकै लागि सरकारले तीन भिन्न कानुन पनि नल्याएको होइन। १ जुन, २०१७ मा साइबर सेक्युरिटी ल ल्याइएको थियो। नेटवर्क अपरेटर तथा चीनमा काम गरी रहेका विभिन्न कम्पनीलाई लक्षित गर्दै यो ल्याइएको थियो।

१ सेप्टेम्बर २०२१ मा डाटा सेक्युरिटी कानुन प्रचलनमा ल्याइएको हो। डाटा सुरक्षित तवरले राख्ने र यसलाई अन्यत्र पठाउन सकिने भन्ने उद्देश्यका साथ यो कानुन ल्याइएको हो। १ नोभेम्बर २०२१ मा व्यक्तिगत सूचना संरक्षण कानुन ल्याइएको हो। यसले व्यक्तिगत सूचनालाई सुरक्षित गर्ने काम गरेको छ।

अर्को कानुनको तयारी पनि चीनमा नभएको होइन। यो घटनाले पनि के पुष्टि गरेको छ भने चिनियाँ साइबर क्राइमका गिरोह त्यसै देशसहित संसार भरमा नै सक्रिय छन्। यो समूहको सबै भन्दा धेरै आक्रमण बैङ्किङ क्षेत्रमा र टेलिकम्युनिकेसनको क्षेत्रमा रहेको छ।

यसरी धेरै कानुन बनाउनुका बाबजुद चीन साइबर क्राइममा लगातार चुकेको छ। सन् २०१७ देखि यता ४० प्रतिशतभन्दा बढी साइबर क्राइममा वृद्धि भएको छ। यसबाट अनावश्यक ऋण लिने र बैंकलाई झुक्क्याउने काम धेरै भएको छ।

त्यसत्रिमा ६ लाख ६० हजार केस साइबर क्राइमका बारे देखिए। यसरी मुद्दा नै सहेका मध्य प्राय १८ देखि ४० वर्ष बीचमा थिए। सन् २०१९ यता १५ देखि २८ वर्षको उमेर समूहमा वृद्धि भएको छ भने २९ वर्षदेखि माथिको उमेर समूहमा यो क्रम घटेको छ।

त्यसै रिपोर्टका अनुसार यस्ता अपराधको मुद्दा लगाइनेमध्ये ७२ हजार भन्दा बढी व्यक्ति त सन् १९८० पछि जन्मिएका थिए। यिनीहरू अनलाइन होस्टिङ, नेटवर्क स्टोरेज, विज्ञापन तथा भुक्तानीका कुरामा सक्रिय थिए। यो घटना २०२० बाट अझ बढेको थियो। सन् २०२१ को जुनदेखि यता भने यस्ता मुद्दा दर्ता हुने सङ्ख्या घटेको जनाइएको छ। यो क्रम नौ महिनासम्म रहेको हो।

त्यहाँका अधिकारीहरू अनलाइन फ्रडका कारण न आजित छन्। ५० किसिमका फट्टाइ अनलाइनमार्फत हुने गरेको जनाइएको छ। सन् २०२० मा ३ लाख २२ हजार यस्ता केस सामाजिक सुरक्षा प्रदायकले पत्ता लगाएको थियो।

चिनिया साइबर क्राइम गिरोहको सबै भन्दा बढी मारमा छिमेकी देश परेको खुलासा भएको छ। यसरी धेरै मारमा पर्नेमा म्यानमार रहेको छ। भाषा र संस्कृतिको समानता तथा कमजोर कानुनका कारण म्यानमारमा यो सहज भएको जनाइएको छ। दक्षिण एसिया र पूर्वी एसियाका धेरै देशबाट चिनियाँ गिरोहले धेरै डाटा चोरेर लगेको अर्को एक रिपोर्टमा जनाइएको छ। फिलिपिन्स, कम्बोडिया, भियतनाम र म्यानमार यसको मुख्य समस्यामा छन्।

मानव बेचबिखन, अपहरण, जबरजस्ती श्रम र यौन व्यवसायमा मान्छेलाई फसाउने काम पनि यी गिरोहले गरेको जनाइएको छ। क्रिप्टो करेन्सी जस्ता अनलाइन कारोबारमा यिनीहरूको उपस्थिति हुने गरेको छ।

यसरी फेला परेको डाटा विभिन्न कम्पनीलाई बेचेर लाभ लिने प्रचलन रहेको छ। अवैध बाजी पनि यी समूहले गर्ने गरेको खुलासा भएको छ। अहिले बढी रहेको चिनियाँ साइबर क्राइम र बैंकबाट रकम चोरी हुनेसम्मका घटनाले नेपाल लगायत देशमा समेत असर गरेको पुष्टि भइसकेको छ।
स्रोत : वेब रिसर्चर, द चाइना प्रोजेक्ट, रेकर्डेड फ्युचर

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : २३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी