व्यवसायमा जोखिम हुन्छ तर निरन्तर लाग्नुपर्छ | Khabarhub Khabarhub

व्यवसायमा जोखिम हुन्छ तर निरन्तर लाग्नुपर्छ


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

नेपालमा केही भएन केही गर्न सकिँदैन रोजगारीका लागि विदेशमा नै भासिनुपर्छ भन्नेहरूको कमी छैन। नेपालमा राम्रो रोजगारी र आफूले पृथक सिर्जनात्मक व्यवसाय गरेर स्वरोजगार बन्न सकिने प्रशस्त उदाहरण छन्। प्रशंसा योग्य व्यवसाय गरेर अलग पहिचान बनाउन प्रयत्नरत एक जना युवा व्यावसायी हुन् सुदर्शन पौडेल। अष्ट्रेलियाबाट हस्पिटालिटी विषयमा मास्टर गरेर नेपाल फर्किएका उनी लभी रेसिडेन्सी यण्ड इस्पाक, लभी गार्डेन लेकाली भोजन, जिग्री सेकुवा जस्ता आतिथ्यता सेवालाई सिर्जनात्मक रेष्टुरेन्ट चेन्ज व्यवसाय बनाउन उद्धत एक युवा उद्यमी हुन्। नेपालमा रोजगारी र व्यवसायको विषयमा आधारित भएर नयाँ ब्राण्ड लभी हस्पिटालिटीका प्रबन्धक सुदर्शन पौडेलसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

कस्तो चल्दै छ व्यवसाय ?
राम्रो छ, व्यवसायबाट सन्तुष्ट छु।

नेपाली युवा देशमा काम पाइँदै भनेर बाहिर गएको पाइन्छ। तपाईं चाहिँ व्यवसाय गरेर कसरी टिक्दै हुनुहुन्छ ?
मास्टर पढेपछि म एउटा रिजनल इस्टेपमा पुगेको थिएँ। मेरो दैनिक जीवन एकदम सामान्य भयो। बिहान उठ्यो काम, बेलुका आयो सुत्यो। दैनिक त्यही काम त्यस कारण मलाई यति मात्र गर्न मेरो जन्म भएको होइन जस्तो लाग्यो। विदेशी माटोमा खुला रूपमा बाच्न अलि असहज हुन्छ। यूएई, कतार अष्ट्रेलियासम्मको ज्ञान बटुलेर नेपाल आएँ। यो अनुभवको आधारमा केही सानो कार्यबाट सुरु गर्दा केही उपलब्धि गर्नसक्छु भन्ने सोच आयो। त्यसपछि नेपाल आएर व्यवसाय सुरु गरेको हुँ।

आतिथ्यता व्यवसाय भनेको कस्तो व्यवसाय हो ?
आतिथ्य व्यवसाय भगवानको पालादेखि सुरु भएको जस्तो लाग्छ। आतिथ्य भनेको अरूको लागि गरिने सुविधा वा सहयोग हो। अरूलाई दिने सेवाबाट अझ आफूले आनन्द लिनसक्नु नै आतिथ्यता व्यवसाय हो। पुराना पुराना कथामा सुनेको धेरै लामो समय हिँडेर टाढा जानुपर्ने र सहज रूपमा नै बास पाउने यही नै हो आतिथ्यता भनेको। यसलाई व्यवसायमा जोडेर हामी अगाडि बढेका हौँ। जस्तो ‘अतिथि देवो भव’ भन्छन् यही नै हो हाम्रो उद्देश्य।

ठूला व्यावसायी सडकमा उत्रिएका छन् तर तपाईं भने एकपछि अर्को व्यवसाय थप्दै हुनुहुन्छ, यो कसरी सम्भव छ ?
नेपाल आएर व्यवसाय गर्दै जाँदा नेपालको स्थिति बुझ्दै गइयो। अब यहाँ यस्तो कार्य सञ्चालन गर्दा सहज रूपमा चल्छ भन्ने हिसाबमा अगाडि बढियो। कुनै व्यवसाय गर्दा अनुसन्धान गर्ने र कहाँ के कस्ता व्यवसाय सहज रूपमा सञ्चालन गर्न सकिन्छ त्यसको अध्ययन गरेर कार्य थालनी गर्दा सहज हुन्छ। मैले बिरयानीबाट सुरु गरेको हो। डेलिभरीको पनि विकास गराएको हो। लभी रेसिडेन्सले होटेलको रुपमा, लेकाली भोजनले थकाली खालको सर्भिस दिएको छ। लभी गार्डेन अहिले काठमाडौंको नम्बर एकमा रहेको छ। हामीले सबै क्वालिटीको बारेमा ध्यान दिने कोसिस गर्दा गर्दै यहाँसम्म आएका छौं।

तपाईंलाई परिवारको साथ सहयोग कस्तो थियो ?
हस्पिटालिटी शिक्षा सुरु गरेदेखि नै परिवारको साथ र सहयोग धेरै रहेको छ। जे जस्तो कार्यमा पनि परिवारको साथ र सहयोग धेरै नै रहेको छ। म विदेशबाट नेपाल आउँछु भन्दा ल आउनुस् भनेर आँट हिम्मत दिएर नेपालमा कार्य सञ्चालन गर्न पनि बाबा ममीको ठूलो हात रहेको छ।

यो व्यवसायको लागि बैंकिङ क्षेत्रबाट कस्तो साथ पाउनु भएको छ ?
मान्छेले व्यवसायलाई पैसासँग जोड्छु भन्छन्। तर म भन्छु व्यवसाय भनेको पैसा हुँदै होइन। नेपालमा वा विदेशमा व्यवसाय भनेको आफ्नो अनुसन्धान, मार्केटमा के कस्तो ग्याप रहेका छन्। धेरै लगानी भएर घाटामा गएका मान्छे पनि छन्। एउटा आँट र हिम्मत हुनुपर्छ केही गर्न सकिन्छ। कोभिडको बेला सबै बन्द गर्ने कर्मचारी घटाउनेमा थिए। म चाहिँ यही बेला रेस्टुरेन्ट खोल्न सकेँ भने मान्छेको आवत जावतमा पनि वृद्धि हुन्छ भन्नेमा पूर्ण विश्वस्थ थिएँ। हामीले विर्यानीको जुन डेलिभरी गरेको थियौँ। त्यो हाम्रो लेभलबाट र भएको व्यवसाय सस्तो मूल्यमा लिन पाएको थियो। पहिलो व्यवसाय सानोबाट सुरु गर्नुपर्छ। जहाँ आगो छ त्यही ताप्ने हो।

व्यवसायलाई तपाईंले कसरी हेर्नु भएको छ ?
म व्यवसायलाई फुटबलसँग दाँजेर हेर्छु। त्यसमा गोल खाएपछि नै रणनीति परिवर्तन हुन्छ। हरेक पलमा रणनीति परिवर्तन भएको हुन्छ। व्यवसाय पनि फुटबलको गतिमा अगाडि बढेको छ। कतिबेला गोल हान्ने भन्ने टुङ्गो नै हुँदैन। जे पनि हुनसक्छ। व्यवसायमा नाफा र घाटा भइनै रहन्छ। त्यसैले धैर्य भएर व्यवसायमा निरन्तर रुपमा लागिरहनुपर्छ।

लभी रेसिडेन्ट बौद्धमा छ। लभी गार्डेन पनि बौद्धमा र जिग्री सेकुवा भन्ने बूढानीलकण्ठमा नाम अलि फरक तथा अलग लाग्ने किन ?
रेष्टुरेन्टको ठूलो परिचय भनेको नै नाम हो। त्यसलाई भन्न सजिलो होस्। त्यसले केही न केही सन्देश दिने माहौल होस भन्ने हिसाबले राखेको हो। कम बजेटमा पाँचतारेमा बसेर मनोरञ्जन गर्न सकियोस् जस्तो लाग्छ। व्यवसाय भनेको एउटा कथा हो। जिग्री भनेको भेटघाट र साथीत्वको भावना विकास होस् भनेको जस्तो भान भएको छ। यो कार्यमा १०० जनाको समूह रहेको छ। नेपालीमा लगनशीलता त धेरै नै रहेको छ। जहाँ दुःखको काम छ। त्यहाँ नेपालीलाई सम्झिने गरेको छु।

यो व्यवसायबाट ग्राहकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
ग्राहकको प्रतिक्रिया नराम्रो भएको भए हामी नम्बर १ मा नै रहने थिएनौं। स्वदेशी ग्राहक पनि रहनुभएको छ। बाह्य ग्राहक धेरै रहेको छ। ग्राहकको प्रतिक्रिया एकदम नै राम्रो रहेको छ। काठमाडौँमा सबैभन्दा बढी टिकटक बनेको भनेको लभी गार्डेनमा नै होला। सबै रूपमा ग्राहकलाई सन्तुष्टि दिएको छ जस्तो लाग्छ।

नेपाल आएर यो काममा लागिरहँदा साथीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
पहिले साथीहरूले पिआर पाउन लागेको मान्छे यहाँ आउँदा बौलाइस कि क्या होसमेत भनेका थिए। नेपालमा गएर के गर्छस् नेपालमा केही गर्न सकिँदैन समेत भनेका थिए। काम सुरु गरेको २२ दिनमा लकडाउन भएको थियो। तर कुनै न कुनै कार्यमा योजना बनाएर अगाडि बढेमा ढिला चाँडो सबै कार्य विस्तारमा पुरा गर्न सकिन्छ। आफूले जानेको काममा मात्र हात हाल्नुपर्छ। सफलता अवश्य प्राप्त हुन्छ।

तपाईंको अबको सपना के छ ?
नेपालको हस्पिटालिटी सिनारियो परिवर्तन गर्न मन छ। हामीले वातावरण परिवर्तन गर्नुपर्छ। मेन्युमा मागेको कुरा परिवर्तन गरेर दिएको अवस्था छ। नेपाली खानालाई फरक किसिमले लिएमा कार्य गर्न सकिन्छ।

भावी योजना के बनाउनु भएको छ ?
५-१० वर्षे योजना नै बनाएर हिँडिरहेको छु। विस्तारै योजनाको विकास गराउने हो। अबको ५ वर्ष भित्रमा सिडनीमा गएर आउट लेट खोल्ने मन छ। नेपालको व्यावसायलाई इन्डिया, सिडनीमा भएका साथीलाई चलाई दिएर सेटअफ गर्ने विचार छ। लभीलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने र नेपालमा पनि हरेक ग्राहकलाई ल्याउने र सहजताको रूपमा दिने भन्ने भावना हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ५३ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले