मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ « Khabarhub

मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका छन्।

जनकपुरधाममा मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले पीडकलाई र पीडकको पक्षमा भूमिका निर्वाह गर्ने दुवैलाई कानुनी कारबाही गर्ने बताएका हुन्। साथै उनले पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताए।

सरकारले पीडकलाई कुन राजनीतिक दलको हो भनेर नचिन्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा पहुँचवाला व्यक्तिले मिटरब्याजीलाई जोगाउन भूमिका खेल्यो भने उनीहरूलाई पनि कानुनी कारबाही गरेर पीडितलाई न्याय दिने बताए।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ११ : ५७ बजे

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति