प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार एसोसिएसनद्वारा आन्दोलन सुरु « Khabarhub

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार एसोसिएसनद्वारा आन्दोलन सुरु


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेको छ ।

प्रधानन्यायाधीश नियुक्ति लगायतका मागहरू पुरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिएपछि बारले आइतबारदेखि अर्को चरणको आन्दोलन सुरु गरेको हो ।

 आफूहरूका मागका विषयमा प्रधानमन्त्री लगायत सरोकारवाला सबैलाई जानकारी गराए पनि पुरा नभएका कारण पुन आन्दोलन सुरु गर्नुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । घिमिरेले न्यायपालिका नेतृत्वविहीन भएको एक वर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढेको भन्दै एक सातासम्म बार परिसरमा प्रदर्शन गर्ने जानकारी दिए । सांकेतिक रुपमा सुरु गरेको प्रदर्शन देशभरका न्यायलयमा हुने र प्रदर्शनका कारण सेवा प्रवाहलाई कुनै असर नपार्ने उनले बताए ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन भएको र न्यायपालिका प्रतिको जनआस्था खस्किँदो अवस्थामा पुगेको बारले जनाएको छ । न्यायपालिकाको विकृति, विसंगतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न र प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर्न ध्यानाकर्षण गराउँदा पनि सुनवाई हुन नसकेको बारको भनाइ छ । 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : ३३ बजे

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी