अष्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी गर्ने रेग्मी पक्राउ « Khabarhub

अष्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी गर्ने रेग्मी पक्राउ


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भनी रु ३० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी रु ३० लाख ठगी गर्ने चितवन भरतपुर महानगरपालिका घर भई काठमाडौँको लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका रेग्मी लाजिम्पाटस्थित माझी विष्ट्रो रेष्टुरेण्टका सञ्चालकसमेत हुन । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले अष्ट्रेलियामा मासिक रु तीन लाखभन्दा बढी तलब हुने प्रलोेभन देखाएर ३० लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

रेग्मीलाई वैदेशिक रोजगार विभागबाट गरिएको पत्राचारको आधारमा दरबार मार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ रेग्मीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ४८ बजे

खगेन्द्रबारे कवीन्द्रले भने- दोषी देखिए कारबाही हुन्छ, आयोगले छानबिन सुरु गरिसक्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले अडियो

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद