कांग्रेस पदाधिकारी बैठक : सरकारमा पठाउने थप मन्त्रीबारे भएन छलफल « Khabarhub

कांग्रेस पदाधिकारी बैठक : सरकारमा पठाउने थप मन्त्रीबारे भएन छलफल


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नीति अधिवेशनका साथै अन्य तीन एजेण्डामाथि छलफल भएको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराही बसेको बैठकमा पार्टीको नीति अधिवेशन, भ्रातृ संघसंस्थालाई पूर्णता र महाधिवेशन तथा सरकारको कामकारबाहीबारे छलफल भएको हो ।

बैठकमा सरकारमा पठाउने थप मन्त्रीबारे भने कुनै छलफल नभएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । कांग्रेसले ८ मन्त्री पाएको भए पनि अहिलेसम्म ५ मन्त्री मात्रै सरकारमा पठाएको छ।

नीति अधिवेशन गर्नेबारे छलफल भएपनि कहिले नीति अधिवेशन गर्ने भन्नेबारे सभापति देउवाले सबैसँग छलफल गरेपछि निर्णयमा पुगिने बताएका छन् । कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो। नीति अधिवेशन पछि गर्ने भने पनि अहिलेसम्म मिति तय हुन सकेको छैन।

बैठकमा सरकारका कामकारबाही थप जनमुखी बनाउने विषयमा पनि छलफल भएको बताएको छ ।यस्तै नेविसंघ र तरुण दलजस्ता भ्रातृ संघसंस्थालाई पूर्णता दिएर छिटो महाधिवेशन गर्नुपर्ने विषयमा पनि आवाज उठेको बैठकमा सहभागी एक नेताले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : १७ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई