भारतीय संसद्को भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति बाबुराम भट्टराईको आपत्ति | Khabarhub Khabarhub

भारतीय संसद्को भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति बाबुराम भट्टराईको आपत्ति


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफ्नो नयाँ संसद् भवनमा राखिएको भित्ते चित्रमा अंकित भौगोलिक पहिचान प्रति चासो व्यक्त गरेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद् भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमि झै दर्शाउने गरी अंकित गरे पछि भट्टराईले चासो व्यक्त गरेका हुन । 

उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमि झै उल्लेख गर्ने विषयले दुई देशका बिचमा आपसी कूटनीतिक सम्बन्धमा दरार आउनसक्ने जनाएका छन् ।

 ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रकाे वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ७ : १८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु