अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न « Khabarhub

अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

डोटी– असल अभ्यासको आदानप्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ ।  सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा सम्पन्न सो बैठकमा डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखहरूको सहभागिता रहेको थियो । 

बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदानप्रदान गर्नुका साथै सबै जिल्लाका साझा समस्या र सवालका बारेमा ब्यापक छलफल भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

जिल्ला प्रशासन कार्यालय डोटीद्वारा आयोजित सो बैठकमा राजमार्ग सञ्चालन, अन्तर जिल्लास्तरीय शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, अवैध हातहतियार तथा लागु औषध नियन्त्रण, वन पैदावार तथा चोरी सिकारी नियन्त्रण, अन्तर जिल्लामा एकापसमा समन्वय, सहकार्य र सहजिकरणका बारेमा छलफल गरिएको समेत प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ७ : ३३ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द