‘सीसी क्यामेराको तार नै काटिएको रहेछ’ | Khabarhub Khabarhub

‘सीसी क्यामेराको तार नै काटिएको रहेछ’

पशुपतिनाथ मन्दिरमै सुन र भेटीको घोटाला !


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

करिब २७ महिना अगाडि पशुपतिनाथ मन्दिरमा भएको भनिएको घोटाला प्रकरणका सम्बन्धमा यतिखेर प्रतिनिधि सभामा नाटक मञ्चन भएको छ। सत्ता पक्षका सांसदले यो विषय उठान गरेका छन्। यही नाममा प्रतिपक्षले संसद् अवरुद्ध गरे। सत्ता पक्षले यो अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाइसकेपछि संसद् अगाडि बढ्यो। के आखिर विश्वभरका हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा यो हदसम्मको घोटाला भएको नै हो त ? यस विषयमा आधारित भएर जलहरि निर्माणताका पशुपति क्षेत्र कोषका सञ्चालक समितिका अध्यक्ष तथा घ्याम्पो हराउने प्रकरणको छानबिन समितिको संयोजक देवीप्रसाद बरालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

पशुपति मन्दिरको सुन के भयो कता हरायो ?
पशुपति तथा विश्वका अर्बौँ सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रमा २०७७ साल माघ १४ गते म पहिलो पटक सञ्चालक परिषद्को सदस्यको हैसियतले बैठकमा उपस्थित भएँ। अगाडि नै यो जलहरी लगाउन क्रममा विभिन्न समूह गठन भएका थिए। सुनको जलहरी लगाउने प्रक्रिया पहिले भएको रहेछ। त्यो बैठकका दिन पनि त्यसमा कुरा चलेको र सुनको रकम भने राष्ट्र बैङ्कबाट खरिद गरेको भन्ने जानकारी भयो। त्यहाँका सम्पूर्ण कर्मचारी भएर जलहरीको काम अगाडि बढेको हो। २०७७ साल फागुन १२ गते बेलुका ८ बजे यो समितिले निर्माण पूर्ण गर्यो। जलहरीमा ९६ किलो ८ सय २२ ग्राम सुन खपत भयो भनेर मुचुल्का गरेको देखिन्छ।

फागुन ११ गते राति ११ बजे अर्को माइन्युट गरिएछ। यसरी ९६ किलो ८ सय २२ ग्राम सुनले निर्माण गरिएको जलहरी भगवान् अर्पण गरियो भनेर राति नै चढाइयो। १२ गते सम्माननीय राष्ट्रपतिबाट त्यसको अनावरण पनि गरियो। फागुन ११ गते मंगलबार गरिएको दुई माइन्युट मध्ये जुनले निर्माण सर्मपण भयो ९६ किलो ८ सय २२ ग्राम भनेर लेखिएको छ।

सुनको ठाउँमा पितल हालिएको छ छैन ?
सुनको ठाउँमा पितल हालियो हालिएन भन्ने कुरा प्राविधिक कुरा हो। ९६ किलो ८ सय २२ ग्रामबाट जलहरी बनाइयो। त्यो बाँकी सुन कहाँ छ भन्ने नै हाम्रो प्रश्न हो।

के बाँकी सुन देखाउन मिल्ने ठाउँमा छ ?
यो सुनको जलहरी लगाइयो भनेको छ। हामी पाँच जना सदस्यले सही गरेर त्यो सुनको हिसाब किताब मागेको थियौँ। त्यसमा केही सकारात्मक नतिजा आएको जस्तो लाग्दैन। अरू सबै प्रक्रिया गर्न मुचुल्का गरेर चढाउनु पर्ने हो। सबै पाता पाताको कति किलो छ भनेर हिसाब किताब राख्नुपर्ने अनि करिब ११ किलो सुनको रिङ बनाएको चाहिँ मुचुल्का गर्न नपर्ने हो त ? यो गम्भीर प्रश्न छ।

यो पशुपति कोषका मानिसलाई खासमा भएको के हो ?
पशुपति कोषका जिम्मेवारीमा बस्ने मान्छेले जिम्मेवारी पुरा नगरेको देखिन्छ। गलत गर्नेलाई कारबाही नहुँदा यो समस्या पटकपटक दोहोरिन सक्छ। यसले गम्भीर विषयमा लापरबाही भएको पुष्टि हुन्छ।

घ्याम्पो खासमा हराएको नै हो ?
खासमा भगवानको मन्दिरमा ९ वटा घ्याम्पो राखिने चलन रहेछ। मूल मन्दिरको पश्चिम ढोकाको दान पात्रोलाई घ्याम्पो भनिन्छ। तामाको छ। मुखमा चाबी लगाएर राखेको हुन्छ। त्यो नै हराएको रहेछ। घ्याम्पो ३ घण्टा हराएको सूचना आएको हो। त्यसमा विभिन्न पदमा राखिएको र सदस्य चयन भएका कारण हामी सबै बसेर प्रश्नावली बनाएर स्थलगत खोज पनि गर्यौं। त्यो जुन कोठामा लगेर दान पात्रको पैसा सङ्कलन गर्ने गरेको थियो त्यो कोठाको सीसी क्यामरा नै नचलेको पाइयो। पछि सीसी क्यामराको तार नै काटिएको रहेछ। एउटा प्रतिवेदन बनाएर मन्दिर प्रमुखलाई राख्दा त्यसको कुनै औचित्य नै नरहेको पाइयो।

तपाई आफैं अहिले निलम्बनमा पर्नु भएको छ ?
सम्मानित अदालतमा मेरो मुद्दा रहेको छ। अहिलेको सञ्चालक परीक्षणको सबै टिम रहेको छ। सात जना हामी मनोनयन साथीहरू रहेका छौँ। हाम्रो प्रयत्न पशुपतिनाथ भनेको चाहिँ सनातन हिन्दु धर्ममा आस्था रहेको केन्द्र हो। व्यवस्थापनको हिसाबले धेरै कार्यमा असुविधा भएको छ। यसलाई सुधार गर्नुपर्छ भन्ने नै हो।

पशुपति भनेको घनश्याम खतिवडा तथा अहिलेका सदस्य सचिवको पेवा हो ?
यो के हो भनेर सदस्य सचिव मिलन थापालाई सोध्नुपर्छ। मेरो यत्ति आग्रह छ।

धार्मिकस्थलमा खास के भइरहेको छ, सामान्य मानिसमा किन फरक व्यवहार गरिन्छ ?
पशुपतिमा सञ्चालन परीक्षण सदस्यको टिम आएपछि शिवरात्रिको दिन पास वितरण गर्ने गरेको थियो। हामीले त्यसलाई शून्यमा झारेको छौँ। यो हामीले गरेको सुशासनको कार्य हो। दैनिक हामीले हेर्न समय हुँदैन। दैनिक त व्यवस्थापनले हेर्ने हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता)
प्रस्तुतिः कुसुम गौतम

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ९ : ५४ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी