नयाँ आर्थिक वर्षको बजेटले छोएन मुगुलाई « Khabarhub

नयाँ आर्थिक वर्षको बजेटले छोएन मुगुलाई


१६ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुगु– नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार करिब ३ घण्टा लामो समय खर्चिएर सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुगु जिल्लालाई छुन सकेन । सरकारले आर्थिक वर्ष २०८०-०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दा मुगुको विकास र समृद्धि तथा यस क्षेत्रको स्वास्थ्य, शिक्षा, गरिबी निवारणलगायतका क्षेत्रमा तोकेर बजेट विनियोजन नहुँदा मुगुवासीमा खुसीको सञ्चार गराउन सकेन । 

मुगुको सडक, पर्यटीकयस्थल, धार्मिकस्थल होस या ग्रामीण सडक, पर्यटकीय मार्गका लागि तोकेर बजेट विनियोजन नगरिएको स्थानीयको आरोप छ । कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारा र धार्मिक पर्यटकीय स्थल प्रसिद्ध धाम छायानाथ पर्यटकीय पथ मार्गको विकास लागि निजी क्षेत्रलाई अनुरोध  गर्ने भनिए पनि कुन निकायलाई भनिने कुनै निश्चित गरिएको छैन । यसले मुगुलाई राज्यले सधै उपेक्षित गरेको यहाँका स्थानीयको बुझाइ छ  ।

बजेटमा रारा खप्तड पर्यटकीय पथमार्ग, मगगढी नाक्चे लाग्ना सडक खण्ड र गोठिज्युला कालाकाडा खत्याड सडक लगायत नाम कतै सुनिएन ।   मुगुका कुनै गौरवका योजना कहिले नसमेटिनु तथा मुगु राज्यको नजरमा पर्न नसक्नु र विकासमा सधैँ उपेक्षामा पर्नु दुखद कुरा भएको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले बताए ।  

चीनको नाकासँग जोडिने गमगढी नाक्चे लाग्ना सडक होस् वा संसारमा परिचित  पर्यटकीय स्थल रारा र छायाँनाथ धाम जस्ता धार्मिक स्थलको लागि आवश्यक बजेट सरकारले ल्याउन नसक्नु मुगु र मुगाली जनतालाई उपेक्षा गरिएको धारणा राख्छन् अध्यक्ष मल्लले ।
v

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १२ : १३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या