ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड


१६ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताएका छन् ।

मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला–ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताएका हुन् ।

उनले ४६ सालपछिका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानबिन गर्ने समेत बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथी नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको धारणा राखे ।

राज्यको नेतृत्वमा बस्नेहरु नै भ्रष्टाचारमा सामेल हुन थालेपनि यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्न खोजिएको भन्दै प्रचण्डले सेटिङमार्फत हुने भ्रष्टाचारविरुद्ध दह्रोसँग उभिने संकल्प गरेको बताए । प्रचण्डले प्रधानमन्त्रीको रुपमा नेपाल राष्ट्रका लागि केही नयाँ गर्नेगरी भारत भ्रमणमा जान लागेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धकै बलमा मुलुकमा युगान्तकारी परिवर्तन आएको भन्दै यसलाई आधिकारिक र वैधानिक ढंगले स्थापीत गर्नु ठूलो कुरा भएको बताए । उनले कतिपयलाई मन नपरेपनि १५ वर्षअघिकौ माइन्युट खोजेर राजपत्रमा प्रकाशित गर्दै जनयुद्धका सहभागीहरुलाई राष्ट्रिय सहीदको रुपमा सम्मान गरिएको जिकिर गरे ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  २ : २३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको