धनगढी– धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
चेक अनादर लेनदेन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–७ बेलीका ३६ वर्षीय मेलाराम रानालाई सोमबार पक्राउ गरिएको हो ।
उनलाई धनगढी–२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे ।
कैलाली जिल्ला अदालतले २०७८/०४/१० गते रानालाई ५ सय जरीवाना सजाय सुनाएको थियो ।
आवश्यक कारबाहीका लागि उनलाई कैलाली जिल्ला अदालतमा पठाएको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया