काभ्रेपलाञ्चोकको नमोबुद्ध र बेथानचोकका बजार क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा सुरु | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोकको नमोबुद्ध र बेथानचोकका बजार क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा सुरु


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडामा निश्चित स्थान चयन गरी निःशुल्क वाईफाईको व्यवस्था गरिएको हो ।

नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क इन्टरनेट चलाउन पाउने गरी व्यवस्था मिलाएको जनाएको छ । नगरप्रमुख कुन्साङ लामाले आफ्नो क्षेत्रलाई निःशुल्क वाईफाई क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक बजार क्षेत्रमा सो सेवा विस्तार गरिएको बताए । वर्ल्ड लिकं कम्युनिकेशनसँगको सहकार्यमा नगरपालिकाले विपी राजमार्गको बुच्चकोट बजार क्षेत्रदेखि भकुण्डे बजार क्षेत्र, बुद्धचोक, जगवैद्येश्वर मन्दिर क्षेत्र, नौबिसे चोकलगायत सात स्थानमा फ्रि वाईफाईको व्यवस्था गरिएको हो ।

वर्ल्ड लिङ्कका बागमती प्रदेश व्यवस्थापक निकेश अधिकारीले नगरपालिकासँगको समन्वयमा बजार क्षेत्रमा निःशुल्क वाईफाईको सेवा विस्तार भइसकेको बताए । अहिले जोडिएका ठाउँमा भनेजस्तो सेवा प्राप्त गर्न नसके तत्काल गुनासोका सम्बोधन गर्नाका साथै धेरै स्थानमा सेवा विस्तार गर्दै जाने उनको भनाइ थियो । सेवा प्रवाहका क्रममा केही समस्या आए तत्काल सुधार गरिने व्यवस्थापक अधिकारीले जानकारी दिए ।

नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार एक पटक जडान गरेपछि पाँच वर्षसम्म सेवा लिन सकिने डिभाइसको व्यवस्था गरिएको छ । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था पनि नगरपालिकाले गरेको छ । नगरले छिट्टै दाप्चा बजार क्षेत्र र नमोबुद्ध गुम्बा क्षेत्रमा पनि निःशुल्क वाईफाई विस्तार गर्ने तयारीमा रहेको जनाएको छ ।

त्यसैगरी बेथानचोक गाउँपालिकाले पनि सबै वडामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ । ‘डिजिटल बेथानचोक’ नारासहित पहिलो पटक सबै वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए । इन्टरनेट सेवा प्रदायक अल्ट्रानेटसँग सम्झौता भएको र ती क्षेत्रमा २० एमबिपिएसको डेडिकेटेड इन्टरनेटको वाईफाई छोडिएको जनाइएको छ । यो सूचना प्रविधिकै युग भएकाले निःशुल्क रुपमा इन्टरनेट चलाउन पाउने व्यवस्था गरिएको उनले बताए ।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले छ वटा वडाको सबैलाई पायकपर्ने स्थानलाई निःशुल्क वाईफाई क्षेत्र बनाइने जानकारी दिए । इन्टरनेट सेवा सुरु भएपछि स्थानीयबासीले सहजै वाईफाई जोड्न फ्रिओटीपी सिस्टमबाट पासवर्ड नै नचाहिने गरी सेवा लिन सक्नेछन् ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ३ : ५० बजे

पाथीभरा केबलकार विवाद : निर्माण रोके मात्रै आन्दोलित पक्षले सरकारसँग वार्ता गर्ने

काठमाडौं – ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणलाई लिएर देखिएको विवाद

छपेली माझखण्ड केबलकारले ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने

पाटन– प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित

आवासीय चिकित्सकले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने 

काठमाडौं– आन्दोलनरत आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन्

भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली

काठमाडौँ– भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली रहेको एक रिपोर्टले देखाएको

संस्कृति र सम्पदाको अनुसन्धान बढाइनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र