लागुऔषधसहित ४ जना पक्राउ « Khabarhub

लागुऔषधसहित ४ जना पक्राउ


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुर र पर्साबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

मकवानपुरकाे गढी गाउँपालिका-२ ठुलोदमारबाट अवैध लागूऔषध गाँजा करिब ९ सय २० ग्रामसहित हेटौँडा उपमहानगरपालिका-१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको हाे।

इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना.६३ प ६५८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, पर्साको छिपहरमाई गाउँपालिका-५ ब्रहम चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीय दुर्गाराज खत्री र पर्सा धोबिनी गाउँपालिका-४ लंगडी बस्ने ४५ वर्षीय नुरेश मियाँ तेली रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरीले बागमती प्रदेश-०३-००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी बसका चालक दुर्गाराज र सहचालक नुरेश मियाँलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ४ : २१ बजे

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको

बाँके-२ मा एमालेका मोहम्मद इश्तियाक राईको सुरुवाती अग्रता

नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फको

भक्तपुर-२ मा महेश बस्नेत अगाडि

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपानेको अग्रता, रवीन्द्र मिश्र तेस्रो

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु