नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा एसद्वारा प्रदर्शन « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा एसद्वारा प्रदर्शन


१६ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीहरुलाई कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने माग राख्दै नेकपा एस निकट नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) ले मंगलबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनकारीले भ्रष्टाचारको पुरानो फाइलहरु खोलेर पूर्ण छानविन गरि कानूनी कारवाही गर्नुपर्ने माग समेत राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले शरणार्थी प्रकरणमा कोहि दोषि नउम्कने र कोहि निर्दोष नफस्ने गरि अनुसन्धानलाइ निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । उनले शरणार्थी प्रकरणको अनुसन्धान गरेर सरकारले राम्रो काम गरेको भन्दै अन्य भ्रष्टाचारका मुद्दाहरुको पनि छानविन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले मंगलबारनै नक्कली भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार र राष्ट्रद्रोहविरुद्ध सडक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ७ : ४७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया