नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा एसद्वारा प्रदर्शन | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा एसद्वारा प्रदर्शन


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीहरुलाई कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने माग राख्दै नेकपा एस निकट नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) ले मंगलबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनकारीले भ्रष्टाचारको पुरानो फाइलहरु खोलेर पूर्ण छानविन गरि कानूनी कारवाही गर्नुपर्ने माग समेत राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले शरणार्थी प्रकरणमा कोहि दोषि नउम्कने र कोहि निर्दोष नफस्ने गरि अनुसन्धानलाइ निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । उनले शरणार्थी प्रकरणको अनुसन्धान गरेर सरकारले राम्रो काम गरेको भन्दै अन्य भ्रष्टाचारका मुद्दाहरुको पनि छानविन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले मंगलबारनै नक्कली भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार र राष्ट्रद्रोहविरुद्ध सडक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ७ : ४७ बजे

भ्रष्टाचारको फाइल खोल्छु भन्दै सरकारले ब्ल्याकमेलिङ गर्दैछ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको छानबिन गर्छु

बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

बझाङ – बझाङमा फेरि  भूकम्पको कडा धक्का महसुस गरिएको छ

नेपालगञ्जका रिगलको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं–  खुँडा प्रहार गरेर ज्यान लिएको आरोपमा अदालतबाट कैद सजाय

बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प

बाजुरा– बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  मंगलबार दिउँसो

सरकारले सभामुख घिमिरेको अपमान गर्‍यो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभाको