मस्को जाने हवाई यानमाथि गोली हानाहान « Khabarhub

मस्को जाने हवाई यानमाथि गोली हानाहान


१६ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मस्को जाँदै गरेका थुप्रै मानवरहित हवाई यानहरूमा मङ्गलबार बिहानै रुसको राजधानी नजिकै गोली हानाहान भएको छ ।

मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले जनाएको छ, ‘आज बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने –जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा थियो। मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएका थिए।’

वोरोब्योभले मस्को क्षेत्रका बासिन्दाहरूलाई संयमित रहन आग्रह गर्दै सबै आपतकालीन एकाइहरू सञ्चालनमा रहेको र घटनाको थप विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्।

यसैबीच मस्कोका मेयर सर्गेई सोब्यानिनले ड्रोन आक्रमणपछि दुई व्यक्तिलाई चिकित्सकको निगरानीमा राखिएको बताए । यद्यपि ड्रोन आक्रमणपछि कसैलाई पनि गम्भीर चोटपटक लागेको र अस्पताल पुर्याकइएको भने छैन । उनले घटनास्थलमा आपतकालीन सेवा र एम्बुलेन्सका केही टोली भने खटाइएको बताए ।

यसैगरी आफ्नो टेलिग्राम च्यानल पोस्टमा मस्कोका मेयरले नगरपालिका चिकित्सा सेवाहरूबाट प्राप्त जानकारी अनुसार मानवरहित हवाईयानद्वारा क्षतिग्रस्त भवनहरूका बासिन्दाहरू मध्ये कुनै पनि गम्भीर घाइते भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ८ : २५ बजे

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम

दक्षिण सुडानमा विद्रोही आक्रमण, १५ जनाको मृत्यु

जुबा – दक्षिण सुडानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार विद्रोही लडाकूले गरेको

चोरीको माइक्रोबससहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका

कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताले हराइरहेका छन् : शशांक कोइराला

बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन