सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकारको समर्थन गरेको आरोपमा चीनमा महिला पक्राउ « Khabarhub

सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकारको समर्थन गरेको आरोपमा चीनमा महिला पक्राउ


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा जनमुक्ति सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकारको समर्थन गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन् ।

चिनियाँ जनमुक्ति सेनामाथि व्यङ्ग्य गर्ने हाँस्य कलाकार ली हाओशीको समर्थन गर्दै अनलाइनमा पोस्ट गरेको आरोपमा ३४ वर्षीया महिलालाई पक्राउ गरिएको बेलायतबाट प्रकाशित हुने द गार्जियनले जनाएको छ ।

यसअघि ली हाओशीले चिनियाँ जनमुक्ति सेनाप्रति व्यङ्ग्य गर्दै दुई वटा कुकुरले लोखर्केलाई लखेटेको भनी टिप्पणी गरेको अडियो भाइरल भएको थियो । त्यसपछि चिनियाँ सुरक्षा अधिकारीले सन् २०२१ मा अघि सारिएको कानूनअनुसार हाओशीविरुद्ध अनुसन्धान अघि बढाएका थिए । उक्त कानूनअनुसार चिनियाँ जनमुक्ति सेनामाथिको आलोचनालाई अपराध मानिएको छ ।

यस घटनापछि ली हाओशीका रोजगारदातालाई १६ लाख ८० हजार पाउण्ड बराबरको जरिवाना तिराइएको थियो । पछि ती ३४ वर्षीया महिलाले ली हाओशीको समर्थनमा पोस्ट गरेकी थिइन् ।

ती महिलाले आफ्नो अपराध स्वीकार गरेको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै गार्जियनले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  १२ : १४ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको