सेवाको गुणस्तर अभिवृद्धि गर्न प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन « Khabarhub

सेवाको गुणस्तर अभिवृद्धि गर्न प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गरी गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एवं सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई आज नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा सम्बोधन गर्दै सङ्गठनको आन्तरिक सुदृढीकरणमा पनि ध्यान दिन निर्देशन दिए ।

महानिरीक्षक कुँवरले भने, “त्यसका लागि विशुद्ध रूपमा व्यावसायिक निष्ठाका साथ कार्य सम्पादन गर्ने, सङ्गठनप्रति बफादार रहने, व्यक्तिगत स्वार्थभन्दा सङ्गठनको स्वार्थलाई प्राथमिकतामा राख्ने र त्यो अनुसारको काम कारबाही बोल्ने भन्दा पनि व्यवहारमा लागू गरी त्यसको रिजल्ट आउने गरी कार्य सम्पादन हुनुपर्छ ।”

प्रहरी महानिरीक्षक कुँवरले सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, अवैध चोरी पैठारी नियन्त्रण तथा राजस्व सङ्कलनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कार्यालय प्रमुखले आआफ्नो मातहत कार्यालयको सुपरीवेक्षण तथा अनुगमन गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  १० : ३० बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य