बैठकमा उपस्थित हुन सांसदहरुलाई सभामुखको रुलिङ « Khabarhub

बैठकमा उपस्थित हुन सांसदहरुलाई सभामुखको रुलिङ


१६ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कामठाडौँ – सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा जनसरोकारका मुद्दामा बहस भइरहेकाले संसद्मा सरकारको बलियो उपस्थिति देखाउन आज रुलिङ गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलका क्रममा प्रमुख विपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले यस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि प्रदेश सरकारका मुख्यमन्त्री संसद् बैठकमा अनुपस्थित भएको भन्दै सदनको ध्यानाकर्षण गराएका थिए ।

विनियोजन विधेयकमाथिको छलफल जारी रहँदा मुख्यमन्त्री कमलबहादुर शाह झण्डै आधा घण्टा बसेर बैठक कक्षबाट बाहिरीएका थिए । बैठकमा विनियोजन विधेयको सिद्धान्त र प्राथमिकतामाथिको आजको छलफलमा बहादुरसिंह थापा, मानबहादुर धामी, चक्र मल्ल, खुसीराम चौधरी, प्रकाश रावल, खेमादेवी विष्ट, ताराप्रसाद जोशी, शिवराज भट्ट, ओमविक्रम भाट, हिरा सार्की, मानबहादुर रावल, मधुदेवी भारती, डम्मरी महरा, गीताकुमारी चौधरी, तुल्सी देवकोटा, सुरेन्द्रबहादुर पाल र धर्मराज पाठकले भाग लिएका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १० : ५८ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२