भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण भइरहेछ : लिङ्देन « Khabarhub

भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण भइरहेछ : लिङ्देन


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशका शासकहरुले भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गरिरहेको टिप्पणी गरेका छन् । 

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको ठूला काण्डमा शीर्ष नेताहरूको संलग्नता रहेको दाबी गर्दै उक्त टिप्पणी गरेका हुन्
। देशमा भ्रष्टाचार र वैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले कुनै पनि दल भ्रष्टाचारबाट अछुतो नरहेको बताए ।

उनले भने, ‘अहिले भ्रष्टाचार बढेर गएको छ। वैदेशिक हस्तक्षेप बढेर गएको छ । भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरू शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन् ।’  

उनले भुटानी शरणार्थी प्रकरणलाई मात्रै हेरे पनि आफूले बारम्बार भनेको कुरालाई पुष्टि गर्ने बताए । उनले भने, हामीले भन्यौँ नेपालमा हुने सबै भ्रष्टाचार काण्डहरुमा अहिलेका ठूला हुँ भन्ने सबै दलहरू संलग्न छन् । त्यो कुरा प्रमाणित भयो। कुनै दल चोखो छैनन्।’

ठूलो भ्रष्टाचारका फाइल खुलिरहँदा दोषीलाई बचाउने खेल भइरहेको उनले आशंका व्यक्त गरे । अध्यक्ष लिङ्देनले भने, ‘ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, अहिले फाइल खोल्न बाँकी रहेको वाइडबडी प्रकरणमा होस्, प्रहरीले अनुसन्धान बढाएर जनदबाब बढेपछि सरकारमा बस्नेहरू एकातिर ठुल्ठुला कुरा गरिरहेका छन्। अर्कोतिर ठूला मान्छे र आफ्ना मान्छेलाई कसरी जोगाउने भन्ने योजनामा लागिरहेका छन्।’

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १ : ३७ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय