माल्टामा पानीजहाजमा काम लगाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ  « Khabarhub

माल्टामा पानीजहाजमा काम लगाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ 


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माल्टा पठाइदिएर पानीजहाजमा काम लगाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

माल्टा पठाइदिन्छु भनी झापाकाे अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौँ जिल्ला टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीया युवराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले भुवन भट्टराईलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, मासिक एक लाख धेरै तलब हुन्छ भनी ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार काठमाडौँकाे कालोपुलबाट पक्राउ गरेको हो  ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ४ : ३० बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय