माल्टामा पानीजहाजमा काम लगाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ  « Khabarhub

माल्टामा पानीजहाजमा काम लगाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ 


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माल्टा पठाइदिएर पानीजहाजमा काम लगाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

माल्टा पठाइदिन्छु भनी झापाकाे अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौँ जिल्ला टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीया युवराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले भुवन भट्टराईलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, मासिक एक लाख धेरै तलब हुन्छ भनी ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार काठमाडौँकाे कालोपुलबाट पक्राउ गरेको हो  ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ४ : ३० बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न