आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्छौँ : देउवा | Khabarhub Khabarhub

आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्छौँ : देउवा


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यका हरेक निकायमा आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका छन् ।

कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसले सदैव समावेशिताको मुद्दालाई जोडदार रुपमा उठाउदै आएको भन्दै हरेक निकायमा आदिवासी जनजातीको सहभागीता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका हुन् ।

उनले आदिवासी जातजातीको भाषा, संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने र यस क्षेत्रमा पर्यटन बढाउन सकिने धारणा राखे ।

कार्यक्रममा कांग्रेस उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङले देशलाई भ्रष्टाचारको भुमरीबाट बाहिर निकाल्ने मिशनबाट सरकार पछि नहट्ने र एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्दै जाने बताए । उनले गठबन्धन सरकार ढल्ने हल्लाले सरकारलाई कुनै हालतमा कमजोर नबनाउने जिकिर गरे ।

त्यस्तै कांग्रेस नेता भिष्मराज आङदाङ्बेले पार्टीका दुईवटै उपसभापति सरकारका जानुको कारणबारे आफुलाई जानकारी नभएपनि एक जनाले पार्टी र अर्कोले सरकार हेदा उपयुक्त हुने सुझाव दिए । उनले अहिले पार्टीको केन्द्रीय समिति कर्मचारीले चलाएको जस्तो देखिएको उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा अन्य कांग्रेस नेताहरुले पार्टीप्रति आम कार्यकर्ता र जनताले गरेको अपेक्षा पूरा गर्नका लागि नेतृत्व गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ४ : ३० बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा