आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्छौँ : देउवा « Khabarhub

आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्छौँ : देउवा


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यका हरेक निकायमा आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका छन् ।

कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसले सदैव समावेशिताको मुद्दालाई जोडदार रुपमा उठाउदै आएको भन्दै हरेक निकायमा आदिवासी जनजातीको सहभागीता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका हुन् ।

उनले आदिवासी जातजातीको भाषा, संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने र यस क्षेत्रमा पर्यटन बढाउन सकिने धारणा राखे ।

कार्यक्रममा कांग्रेस उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङले देशलाई भ्रष्टाचारको भुमरीबाट बाहिर निकाल्ने मिशनबाट सरकार पछि नहट्ने र एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्दै जाने बताए । उनले गठबन्धन सरकार ढल्ने हल्लाले सरकारलाई कुनै हालतमा कमजोर नबनाउने जिकिर गरे ।

त्यस्तै कांग्रेस नेता भिष्मराज आङदाङ्बेले पार्टीका दुईवटै उपसभापति सरकारका जानुको कारणबारे आफुलाई जानकारी नभएपनि एक जनाले पार्टी र अर्कोले सरकार हेदा उपयुक्त हुने सुझाव दिए । उनले अहिले पार्टीको केन्द्रीय समिति कर्मचारीले चलाएको जस्तो देखिएको उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा अन्य कांग्रेस नेताहरुले पार्टीप्रति आम कार्यकर्ता र जनताले गरेको अपेक्षा पूरा गर्नका लागि नेतृत्व गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ४ : ३० बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको