विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

आज असार १५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ३०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलर बराबरको स्ट्यान्डबाइ सम्झौता

पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ३ अर्ब डलर बराबरको नयाँ स्ट्यान्डबाइ सम्झौता गरेको छ । यससँगै पाकिस्तानमा जारी आर्थिक सङ्कटमा केही राहात हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय अर्थतन्त्रमा भुक्तानी सन्तुलनको सङ्कटबाट प्रभावित भएको पाकिस्तानमा महिनौंदेखि राजनीतिक अराजकता पनि उत्पन्न भएको छ ।

यस कारण विदेशी लगानी भित्रिने वातावरण पनि बिथोलिन सक्ने प्रक्षेपण गरिएको छ। हाल पाकिस्तानमा मुद्रास्फीति ह्वात्तै बढेको बताइएको छ । त्यसैगरी, मुद्रा अवमूल्यनको जोखिम पनि बढ्दो छ ।

आईएमएफका अधिकारी नाथन पोर्टरले भनेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु, अन्तर्राष्ट्रिय मुद्रा कोषका टोलीले पाकिस्तानी अधिकारीहरूसँग एसडीआर २, २५० मिलियन (लगभग ३ बिलियन) को रकममा नौ महिनाको स्ट्यान्डबाइ व्यवस्थामा कर्मचारी स्तरको सम्झौतामा पुगेका छन् ।’

साउदीमा नेपाली सुरक्षा गार्डमाथि कसरी भएको थियो आक्रमण ?

बुधवार साँझ ६ बजेर ४५ मिनेट जाँदा एक जना व्यक्तिको कार जेद्दाको अमेरिकी कन्सुलेट भवन नजिकै रोकियो । कार रोकेर ती व्यक्ति हातमा बन्दुक लिएर निस्किए र गोली चलाउन लागे ।

ती व्यक्तिले गोली चलाएपछि जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्डले पनि जबाफी फायरिङ् गर्न थाले । आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली हानाहान भएपछि नेपाली सुरक्षा गार्डको मृत्यु भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

साउदी सुरक्षा बलका अनुसार अमेरिकी महावाणिज्य दूतावास नजिकै एक हतियारधारी व्यक्ति मारिएका छन्, जहाँ आक्रमणकारी र सुरक्षा बलबीचको गोली हानाहानमा एक नेपाली कामदारको मृत्यु भएको थियो।

आक्रमणकारीले अमेरिकी वाणिज्य दूतावास नजिक आफ्नो कार पार्क गरे र बन्दुक बोकेर बाहिर निस्के। आक्रमणकारी र सुरक्षा बलहरूबीच गोली हानाहान हुँदा केही समयपछि नेपाली सुरक्षा गार्डको मृत्यु भएको थियो ।

मृतक नेपाली वाणिज्य दूतावासमा सुरक्षा गार्ड थिए । मक्का प्रहरीका अनुसार घटनाको वरपरको अवस्था पत्ता लगाउन सुरक्षा अनुसन्धान भइरहेको बताए। मारिने आतङ्ककारी कुन देशका थिए भन्ने खुलाइएको छैन भने मारिएका नेपाली सुरक्षाकर्मीको पनि नाम घर ठेगाना यो समाचार लेखुञ्जेल खुलिसकेको छैन ।

साउदी प्रहरीको मक्काका प्रवक्ताले दिवंगत नेपालीको परिवारप्रति समवेदना प्रकट गरेका छन् । मक्का नजिकैको हजको अन्तिम दिनमा गोली हानाहान भएको थियो।

विमानहरू र डुङ्गाहरूमा आइपुगेका १६ लाखभन्दा बढी विदेशी तीर्थयात्रीहरू अनुष्ठानका लागि तटवर्ती जेद्दा हुँदै आएका छन्। घटनाको अवस्था पत्ता लगाउन सुरक्षा अनुसन्धान जारी छ, प्रहरी प्रवक्ताले भने।

अहिले वाणिज्य दूतावास तालाबन्दी गरेको र अमेरिकी अधिकारीहरूले कुनै अमेरिकीलाई चोटपटक नलागेको र वाणिज्य दूतावासलाई सुरक्षित राखिएको बताए।

सन् २००४ को आक्रमणमा ५ गैरअमेरिकन कर्मचारी र ठेकेदारहरू मारिएका थिए । रेड सी सहरमा रहेको अमेरिकी वाणिज्य दूतावास अघिल्लो आक्रमणको निशाना बनेको थियो ।

डिसेम्बर २००४ मा, वाणिज्य दूतावासमा सन्दिग्ध इस्लामवादी चरमपन्थीहरूले आक्रमण गरेका थिए । जसमा पाँच गैरअमेरिकन कर्मचारी र ठेकेदारहरूका साथै चार बन्दुकधारीहरू मारिएका थिए।

हालैका समयमा, जेद्दा अमेरिकी कूटनीतिक गतिविधिको केन्द्र बनेको छ किनभने संयुक्त राज्य अमेरिका र साउदी अरबले मिलेर सुडानमा युद्धरत जनरलहरूबीच मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् । विदेश सचिव एन्टोनी ब्लिन्केनले यस महिनाको सुरुमा युवराज मोहम्मद बिन सलमानलाई भेट्दा जेद्दा सहरको भ्रमण गरेका थिए।

घटनामा मृत्यु भएका नेपाली सुरक्षा गार्डका बारेमा रियादस्थित नेपाली दूतावाससँग बुझ्ने प्रयास भइरहेको छ ।

मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस, दुई सातामा सय जनाको मृत्यु

जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ ।

यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जसका कारण विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ।

मेक्सिकोमा चरम गर्मीले पनि बिजुलीको माग बढेको छ। जसका कारण अधिकारीहरूले धेरै ठाउँबाट विद्युत काट्नु परेकोले जनतामा थप समस्या बढेको जनाएका छन् ।

मन्त्रालयको रिपोर्टअनुसार दुई तिहाइभन्दा बढीको मृत्यु १८ देखि २४ जुनको बीचमा भएको थियो भने बाँकी गत हप्ता भएको थियो। गत वर्षको सोही अवधिमा गर्मीका कारण एक जनाको ज्यान गएको थियो ।

मेक्सिकोमा सबैभन्दा धेरैको मृत्यु गर्मीका कारण भएको हो । त्यसैगरी डिहाइड्रेसन पनि कतिपयको मृत्युको कारण बनेको मिडिया रिपोर्टमा जनाइएको छ ।

६४ जनाको मृत्यु टेक्सासको सिमानामा रहेको उत्तरी राज्य न्यूभो लियोनमा भएको थियो भने बाँकी खाडी तटमा रहेका छिमेकी तामाउलीपास र भेराक्रुजका बासिन्दा थिए।

विश्वविद्यालयमा आरक्षणको व्यवस्था अन्त्य गर्न अमेरिकी सर्वोच्च अदालतको आदेश

अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा जातियताको आधारमा भर्ना गर्ने अभ्यासमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी विश्वविद्यालयहरुलाई विविधायुक्त बनाउन भन्दै सन् १९६० को दशकमा लागू गरिएको विद्यार्थी भर्नाको आरक्षण अन्त्य गर्न सर्वोच्चले आदेश दिएको हो ।

हार्वर्ड विश्वविद्यालय र नर्थ क्यारोलाइना विश्वविद्यालयको भर्ना प्रक्रियाबारे स्टुडेन्टस् फर फेयर एडमिसन्स समूहले हालेको मुद्दामा सर्वोच्चले फैसला गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको बहुमतको निर्णयको आधारमा गरिएको फैसलामा वर्णलाई आधार मानेर भर्ना गर्नु समानताको हकविरुद्ध हुने ठहर गरिएको छ । फैसलामा ९ जना न्यायाधीश मध्ये ६ जना जातियताको आधारमा हुने भर्नाको विपक्षमा थिए । ३ जनाको भने फैसलामा विमति रहेको थियो ।

अमेरिकी विश्वविद्यालयहरुमा अश्वेत र हिस्पानिक विद्यार्थीहरूको पहुँच बढाउन लागू गरिएको नीतिको खारेजीले अमेरिकी समाजलाई तरङ्गित बनाएको छ ।

यसबाट विश्वविद्यालयहरुको भर्नामा ठूलो फरक पर्ने ठानिएको छ । वर्णका आधारमा उपलब्ध हुने कोटा खारेज हुने भएपछि डेमोक्र्याट्सहरू क्रुद्ध भएका छन् भने रिपब्लिकनहरूले फैसलाको स्वागत गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको फैसला सामान्य नभएको भन्दै फैसलाप्रति असहमति जनाएका छन् । उनले कलेज भर्नामा अदालतले सकारात्मक कारबाहीको अन्त्य गरेको बताए। अमेरिकी राष्ट्रपतिले अदालतको निर्णयसँग आफू पूर्ण रूपमा असहमत रहेको बताए ।

अष्ट्रेलियामा ‘इच्छा मृत्यु’ को उमेर १८ बाट १४ वर्षमा झारियो

अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले ‘ब्रेन डेड’ भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्‍याउने भएको छ । यो कानून पास भएमा इच्छा मृत्यु सम्बन्धी सबैभन्दा उदार कानून हुनेछ, जसअन्तर्गत बालबालिकाले पनि त्यस्ता अधिकार प्राप्त गर्न सक्नेछन्।

यस कानूनका सम्बन्धमा राज्यकी मानवअधिकार मन्त्री तारा शीनले हालै इच्छा मृत्युको निर्णय लिन परिपक्वताको उमेर १८ बाट १४ वर्षमा झार्ने विचार गरिरहेको बताएकी छिन् ।

उमेरको हद स्वविवेकको कुरा भएको जनाउँदै जन्मदिनलाई आधार मानेर मात्र नपुग्ने भन्दै उनले व्यक्तिको निर्णय क्षमता हेरेर स्वास्थ्य विज्ञले निर्णय गर्ने बताइन् ।

उनले सामुदायिक परामर्शमा तीन हजारभन्दा बढीको सहभागिता रहेको र ५ सय जनाले लिखित राय दिएको बताइन् । ८० प्रतिशतले इच्छा मृत्युलाई समर्थन गरेका छन् ।

अर्कोतर्फ सरकारको यो अभ्यासको विरोध सुरु भएको छ । गृह मामिलाका छायाँ मन्त्री जेम्स प्याटरसनले उमेर घटाउने योजनालाई ‘डरलाग्दो’ भनेका छन्। ‘वयस्क पनि नभएको व्यक्तिले आफ्नो निर्णय आफैँले लिन सक्दैन, यो विवेक संगत छैन । उसलाई इच्छामृत्यु रोज्ने अधिकार दिनु कति हदसम्म सही होला ? त्यसो गर्दा जोखिम मात्र बढ्छ,’ उनले भने ।

सन् २०१७ मा अष्ट्रेलियाको भिक्टोरियामा कानून लागू भए पछि सयौँ मानिसहरूले इच्छा मृत्यु रोजेका थिए, जसअनुसार भिक्टोरियामा यस्ता मानिसको संख्या ६०० भन्दा बढी रहेको थियो ।

फ्रान्सेली राष्ट्रपतिद्वारा हिंसात्मक घटनाको निन्दा

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले मुलुकमा जारी हिंसात्मक घटनाको निन्दा गरेका छन् । राष्ट्रपति म्याक्रोले बिहीबार एक जना किशोरको हत्या भएको घटनाको निन्दा गरेका हुन् ।

“पछिल्ला केही समय प्रहरी स्टेशन, विद्यालय र टाउन हलहरू… संस्थाहरू र स्वयं गणतन्त्र विरुद्धका हिंसात्मक गतिविधि आपत्तिजनक छन्” राष्ट्रपतिले भने ।

राष्ट्रपति म्याक्रोनले आन्तरिक मन्त्रालयमा बसेको बैठकमा भने “यी (आक्रमण) पूर्णतया अनुचित छन् ।”

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ७ : ५३ बजे

सन्दीप लामिछानेलाई क्यानले दियो ‘ए’ ग्रेडको केन्द्रीय सम्झौता

काठमाडौं–  नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

काठमाडौं–  धनकुटा र सल्यानबाट जबरजस्ती करणी गरेको आरोपमा दुई जना

म माधव नेपालको पार्टीमा छैन, जनताको काम गरेर बस्छु : प्रेम आले

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू उक्त पार्टीमा

एकीकृत समाजवादीको केन्द्रीय समितिमा परेनन् प्रेम आले

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको जारी दशौँ ममहाधिवेशनबाट ९३

महाभारतमा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोक– जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी