माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै | Khabarhub Khabarhub

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठककले यही साउन १७ गते सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।

यसअघि हिजो बसेको बैठमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।

केही दिन अघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सो बैठकले तयार गरेका केही एजेन्डामा अन्य केही थप गरेर आज अन्तिम रुप दिन लागिएको बताइएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आगामी बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तय भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ६ : १५ बजे

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३ आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा बैतडीबाट सुरु

बैतडी– नेकपा (एमाले)को ‘‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज सुरु

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

काठमाडौँ– अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । बुधबार

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुर– कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरूले

रियल मड्रिडसँग नापोली पराजित

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा रियाल मड्रिड विजयी भएको छ ।