आजको फलफूल तथा तरकारीको मूल्य कति ?  | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्य कति ? 


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी ४००, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, गाजर ११०, बन्दा लोकल १०, मूला रातो ३०, भन्टा लाम्चो २५, मकै बोडी ५०, टाटे सिमी ७०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ४०, तामा ११०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जनको १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ५३०, किवि ८००, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, मालदह आँप १६०, हरियो धनियाँ १००, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २००, चाइनिज लसुन २६०, रुख कटहर ४०, भेडे खुर्सानी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : ५४ बजे

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल