थाइल्याण्डमा पटका कारखानामा बिष्फोट हुँदा ९ जनाको मृत्यु « Khabarhub

थाइल्याण्डमा पटका कारखानामा बिष्फोट हुँदा ९ जनाको मृत्यु


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बैंकक– दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ । घटनामा ११५ भन्दा बढी घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो । अहिलेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

यस विष्फोटका सम्बन्धमा सहरका गभर्नर सानन पोंगाक्सर्नले सञ्चारमाध्यमलाई ११५ जना घाइते भएको र धेरैको अवस्था गम्भीर रहेको जनाए । सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

दुर्घटनास्थलमा राहत र उद्धार कार्य जारी छ । थप जानकारी दिँदै उनले विष्फोटका कारण बजारमा लागेको आगो अहिले नियन्त्रणमा आएको बताए ।

विस्फोटका सम्बन्धमा गभर्नरले प्रारम्भिक अनुसन्धानका अनुसार पटाखा कारखानामा स्टिल वेल्डिङका क्रममा आगलागी भएपछि विस्फोट भएको हो ।

विष्फोटबाट धेरै पसल, घर र सवारी साधनमा नराम्ररी क्षति पुगेको छ । सो विष्फोटसँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा धुवाँको मुस्लो उठेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : ०६ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको