फाइल फोटो

ब्रेकिङ स्टोरी

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

By खबरहब

July 30, 2023

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा लेदोसहितको पहिरो खसेको हो ।

पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीको भनाइ छ ।

पहिरोका कारण यो सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।