बाढीको त्रासमा रातभर जाग्राम बस्छन् दोधारा चाँदनीका कुतियाकबरवासी « Khabarhub

बाढीको त्रासमा रातभर जाग्राम बस्छन् दोधारा चाँदनीका कुतियाकबरवासी


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ ।

महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ ।

‘बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाब हेरिरहनुपर्छ’, कुतियाकबरका स्थानीय खड्के बुढाले भने, ‘बाढी आयो भने सिधैँ बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन ।’

महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर । करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन् । जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ । बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित बनेका छन् ।

आफूहरू डरडरैमा बाँच्नुपरेको स्थानीय वसन्ती सुनार बताउँछन् । ‘केही दिनअघि धौलिगङ्गा बाँध खोलेको जानकारी आएको थियो, त्यसबेला बाढी आउँछ कि भनेर रातभर सुत्न सकेनौँ’, उनले भने, ‘पानी परेमा बेला–बेला पानी बढ्यो कि भनेर हेर्दैमा रात बित्छ ।’

सुनारको घरमा दुई स–साना छोराछोरी र वृद्ध आमा छन् । यहाँका स्थानीय मोबाइलमा एसएमएसमार्फत आउने बाढीको पूर्वसूचना हेरिरहन्छन् । स्थानीयले आवश्यक पर्ने लत्ताकपडा पोको पारेर तयारी अवस्थामा राखेका छन् । ‘घरखेत पूरै ढाकेर बाढी आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ’, स्थानीय बमबहादुर सुनारले भने, ‘घरखेत, लत्ताकपडा, खाद्यान्न सब छाडेर अन्नत्र जान्छौँ ।’

उहाँका अनुसार कतिपयले बाढीको बेला विद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बस्ने गरेका छन् । महाकाली नदीले यसपटक पनि कुतियाबरमा कटान गर्न थालेको छ । ‘यसपटक ठूलो बाढी आएको छैन, त्यसमा पनि महाकालीले जमिन कटान गर्न थालेको छ’, उनले भने, ‘खेत बगरमा परिणत गरिसक्यो, यस्तै रह्यो भने हाम्रो त उठिबास नै लाग्छ ।’

कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । वर्षौँदेखि चुनावमा डुबान र कटानको समस्या समाधान गर्ने आश्वासन दिने नेता जितेपछि सो आश्वासन बिर्सिने गरेको उनीहरूको गुनासो छ ।

‘सीमा रक्षक बनेर बसेका हामीहरूलाई सरकारले कहिल्यै हेरन, चुनाव जित्नलाई समस्या समाधान गर्ने आश्वासन दिन्छन्, पछि बिर्सिन्छन्’, स्थानीय ऐनबहादुर सुनारले भने, ‘महाकाली उचो भइसक्यो, हामी होचो भूभागमा छौँ, कुनै बेला पनि नदी गाउँ पस्न सक्छ ।’

महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध तथा गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने स्थानीयको माग छ । ‘वर्षैँपिच्छे बाढीको समस्या झेल्नुपर्छ, ज्यानको जोखिममा राखेर बस्नुपरेको छ’, उनले भने, ‘सरकारले हाम्रो पीडा कहिले सुन्छ ?

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ११ : ५० बजे

राष्ट्रियसभा सदस्यमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित

मोरङ- आगामी माघ ११ गतेलाई तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि

र्‍याली भागदौड प्रकरण : सोधपुछका लागि सीबीआईले बोलायो थालपति विजयलाई

काठमाडौँ – दक्षिण भारतीय फिल्मका सुपरस्टार तथा राजनीतिमा उदाउँदै गरेका

पर्यटन प्रवर्द्धनका लागि निसान पदमार्गमा ‘पदयात्रा’

फिक्कल–  नेपाल एकीकरणताका पूर्वीसीमा विजय भएपछि गाडिएका ऐतिहासिक निसान फर्काइएका

रोकिएनन् गगन-विश्व : औपचारिक रुपमा अघि बढाए विशेष महाधिवेशनको तयारी

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी

आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन गरिएको छ