बाढीमा फसेका चारजनाको उद्धार « Khabarhub

बाढीमा फसेका चारजनाको उद्धार


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरा महानगरपालिका– १३ काहुँखोला साझास्थित विजयपुर खोलामा फसेका चार जनाको प्रहरीले उद्धार गरेको छ । 

निर्माणधीन पानी ट्याङ्की बोरिङको प्रतीक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासि आएको बाढीमा फसेका उनीहरूको हिजो सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकामा २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ्ग, २८ वर्षीय अर्जुन बिक र १९ वर्षीय क्षितिज नेपाली छन् ।

बाढीमा फसेको जानकारी पाउनासाथ नम्बर २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरूको सकुशल उद्धार गरेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १२ : २५ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको