राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकताको सहमति « Khabarhub

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकताको सहमति


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच एकता गर्ने सहमति भएको छ ।

यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्  ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको भन्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत बताए । 

पार्टी अध्यक्ष कमल थापाले सहमतिपछि सामाजिक सञ्जाल ट्वीट मार्फत राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर, साउन १६ गते राष्ट्रिय सभागृहमा घोषणासभा हुने,  संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्यगरी हिन्दु अधिराज्य, सुशासन र समृद्ध नेपाल निर्माण गर्ने संकल्प, निकट भविष्यमा जनआन्दोलन गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  २ : ३४ बजे

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप