एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय | Khabarhub Khabarhub

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो । 

बैठकले दुई कर्मचारीलाई ११औँ तहमा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए । 

यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ४ : ४९ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार