चौतारा–काठमाडौँमा विद्युतीय गाडी सञ्चालन « Khabarhub

चौतारा–काठमाडौँमा विद्युतीय गाडी सञ्चालन


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ । सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो ।

चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गरेका हुन् । पहिलो चरणमा १०/१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार हाललाई चौतारा–काठमाडौँमा सञ्चालन भइरहेको अन्य माइक्रोबस सरह भाडादरमा यातायात सञ्चालन गर्ने र पूर्ण रुपमा सञ्चालनमा आएपछि भाडादर परिमार्जन गरिनेछ । यात्रुले पानी, वाइफाइ तथा क्युआर पेमेन्टको सुविधा पाउने उनले बताए ।

विद्युतीय गाडीमा आवाज र गन्ध नआउने भएकाले यात्रुले डिजेल गाडीको जस्तो घ्यारघ्यार र गन्धखप्नु नपरेको यात्रु कृष्णप्रसाद धितालले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : १४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको