पेस्तोलसहित मोरङबाट एक जना पक्राउ « Khabarhub

पेस्तोलसहित मोरङबाट एक जना पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

विराटनगर –कटुवा पेस्तोलसहित प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ।

पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापोलाई मंगलबार साझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएपछि तुम्वापोलाई पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा साँझ ५:१५ बजेतिर उनको घरमा प्रहरीले छापा हानेको थियो।

घरको कोठाको र्‍याकभित्र पुरानो अवस्थाको ‘नन वर्किङ’ कटुवा पेस्तोल भेटिएको भण्डारीले बताए। उनले पेस्तोल कुन प्रयोजनका लागि कहिले र कहाँबाट ल्याएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको जानकारी दिए।

पेस्तोलसहित पक्राउ परेका तुम्वापोलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : १२ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ