भोजपुरमा डेङ्गु रोगीको सङ्ख्या बढदै « Khabarhub

भोजपुरमा डेङ्गु रोगीको सङ्ख्या बढदै


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।

जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेङ्गुबाट भोजपुरमा ३६ जना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी भोजपुर नगरपालिकामा २७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा छ, टेम्केमैयुङ गाउँपालिकामा दुई र रामप्रसाद राई गाउँपालिकामा एकजना डेङ्गुबाट सङ्क्रमित छन् ।

जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका रहेका छन् । पौवादुङ गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकामा विषादी वितरण गरिएको छ भने अन्य पालिकाहरूलाई परीक्षणका लागि किटहरूसमेत वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । पालिकाभित्र दुई जनामा सङ्क्रमण देखिएपछि विषादी छर्कने कार्य थालिएको टेम्कमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

क्रमिकरूपमा सङ्क्रमणको दर बढिरहँदा उपचार र सचेतनामा पहुँच भने बढाउनुपर्ने जिल्लावासीको माग छ । डेङ्गु नियन्त्रणका लागि अझै प्रभावकारी कार्यक्रमहरू जिल्लामा सञ्चालन हुन नसकेको सामाजिक अभियानकर्मी घमचन्द्र दाहालले बताए। “सचेतनासहित रोग नियन्त्रण गर्ने जिम्मा सरकारको हो, जिल्ला तहको सरकार भनेको स्थानीय पालिकाहरू हुन्, यिनीहरूको भूमिका प्रभावकारी हुनुपर्छ”, उनले भने। पर्याप्त किटको व्यवस्थापन गरी परीक्षणको दायरासमेत बढाउन आवश्यक रहेको उनले बताए ।

स्थानीय तहमा कार्यरत स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिमा कमी हुनु र स्वास्थ्य कार्यक्रम सञ्चालनका क्रममा विभिन्न निकायबीच देखिने गरेका दोहोरोपन तथा अस्पष्टता, तीन तहका सरकार बीचको अधिकार, कर्तव्य र जिम्मेवारीबारे समझदारी, समन्वय तथा सहकार्यको कमी जस्ता कारणले पनि स्वास्थ्य सेवाहरू प्रभावकारी बन्न नसकेको नागरिकको बुझाइ छ ।

स्वास्थ्य समस्याहरू समाधानका लागि स्थानीय तहहरूको भूमिका प्रमुख हुने बताउँदै स्थानीय युवा ज्योति पौडेलले भने, “स्थानीय तहहरूले प्रभावकारी ढङ्गबाट रोकथाम तथा सचेतनामूलका कार्यक्रमहरू गर्न आवश्यक छ ।”

समुदायस्तरका स्वास्थ्य संस्थाहरूले जनताको प्रत्यक्ष सहभागितामा सरसफाइ, नागरिकका स्वास्थ्य जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा बढी समय र प्राथमिकता दिनुपर्ने औषधि व्यवसायी शान्तिराम रोकाले बताए । “लामखुट्टेको प्रभावकारी व्यवस्थापनका साथै सङ्क्रमित व्यक्तिको यथासम्भव चाँडो उपचार तथा व्यवस्थापनमा जुट्न आवश्यक छ”, उनले भने ।

राज्यका निकायहरू, नागरिक समाज र आमजनताले चासो लिई यो रोगको नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भोजपुर नगरपालिका–१० का स्थानीय डा चक्रबहादुर कार्कीको भनाइ छ । उनले भने, “डेङ्गु के हो र यो कसरी फैलिन्छ र यसको रोकथाम कसरी हुन्छ भन्ने चेतना जनस्तरमा हुन आवश्यक छ, प्रत्येक व्यक्तिलाई टोल र समाजमा डेङ्गुको स्रोत के भन्ने चेतना हुन उत्तिकै जरुरी छ ।”

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : २९ बजे

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार

लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र