उदयपुरमा ५१ जनामा डेङ्गु सङ्क्रमण « Khabarhub

उदयपुरमा ५१ जनामा डेङ्गु सङ्क्रमण


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उदयपुरमा हालसम्म ५१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउनको सुरुदेखि हालसम्म सो सङ्ख्यामा सङ्क्रमित फोला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा २१ जना सङ्क्रमित फेला परेका छन् । बेलका नगरपालिका, चौदण्डी गढी नगरपालिका र कटारी नगरपालिकामा डेङ्गुको बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब प्रमुख तथा फोकल पर्सन लहुकाजी राईले जानकारी दिए ।

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ । साउन १ गतेदेखि उदयपुरमा डेङ्गुका बिरामी देखा पर्न थालेको र हालसम्म ५१ जनामा सङ्क्रमण देखा परेको उनले जानकारी दिए । केही सिकिस्त बिरामीलाई उपचारका लागि सुनसरी र विराटनगर पठाइएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रमुख डा ज्ञानेन्द्र झाले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : ३६ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार