घरमा मयूरको प्वाँख राख्दा के फाइदा हुन्छ ?  « Khabarhub

घरमा मयूरको प्वाँख राख्दा के फाइदा हुन्छ ? 


१३ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई आफ्नो घरमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने चाहना हुन्छ । त्यसैले  विभिन्न बस्तुहरू घरका कोठामा राख्न खोज्छौँ । त्यसैगरी हामीले धेरै मानिसको घरमा मयूरका प्वाँखहरु राख्ने गरेको देखेका छौँ । 

हिन्दु धर्ममा मयूरका प्वाँखहरू धनकी देवी लक्ष्मी र शिक्षाकी देवी सरस्वतीसँग पनि सम्बन्धित छ । भाग्य, सम्पन्नता र समृद्धिको लागि पनि मयूरको पूजा गरिन्छ । मयूर विद्याकी देवी सरस्वतीको प्रिय भएकाले विद्यार्थीले मयूरको प्वाँख किताबभित्र राख्ने चलन छ ।

आज हामी मयूरको प्वाँखको बारेमा जानकारी गराउँदै छौँ । हामी सबैले देखेका छौँ कि भगवान् श्री कृष्णको शिरमा सधैँ मयूरको प्वाँख हुन्छ । त्यसैगरी मयूरको प्वाँख भगवान् श्री गणेश र कार्तिकेय जस्ता धेरै देवताहरूको मनपर्ने आभूषण पनि भएकाले यसलाई घरमा राख्नु निकै शुभ मानिन्छ ।

वास्तुशास्त्र अनुसार घरमा राखिएको मयूरको प्वाँखले घरमा भएको नकारात्मक ऊर्जालाई टाढा राख्छ  । घरमा मयूरको प्वाँखहरू राख्नाले सम्बन्धमा मिठास ल्याउँछ भन्ने विश्वास गरिन्छ ।

घरको कस्तो ठाउँमा राख्ने त ?
धर्मशास्त्र, ग्रन्थ, वास्तु र ज्योतिष शास्त्रअनुसार  घरमा मयूरको प्वाँख राख्दा जहिले पनि त्यस्तो ठाउँमा राख्नु पर्छ जहाँबाट सबैलाई सजिलै देखिन्छ । घरमा मयूरको प्वाँख राख्नु धेरै महत्त्वपूर्ण छ ।  

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ७ : ४९ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर