घरमा मयूरको प्वाँख राख्दा के फाइदा हुन्छ ?  | Khabarhub Khabarhub

घरमा मयूरको प्वाँख राख्दा के फाइदा हुन्छ ? 


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई आफ्नो घरमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने चाहना हुन्छ । त्यसैले  विभिन्न बस्तुहरू घरका कोठामा राख्न खोज्छौँ । त्यसैगरी हामीले धेरै मानिसको घरमा मयूरका प्वाँखहरु राख्ने गरेको देखेका छौँ । 

हिन्दु धर्ममा मयूरका प्वाँखहरू धनकी देवी लक्ष्मी र शिक्षाकी देवी सरस्वतीसँग पनि सम्बन्धित छ । भाग्य, सम्पन्नता र समृद्धिको लागि पनि मयूरको पूजा गरिन्छ । मयूर विद्याकी देवी सरस्वतीको प्रिय भएकाले विद्यार्थीले मयूरको प्वाँख किताबभित्र राख्ने चलन छ ।

आज हामी मयूरको प्वाँखको बारेमा जानकारी गराउँदै छौँ । हामी सबैले देखेका छौँ कि भगवान् श्री कृष्णको शिरमा सधैँ मयूरको प्वाँख हुन्छ । त्यसैगरी मयूरको प्वाँख भगवान् श्री गणेश र कार्तिकेय जस्ता धेरै देवताहरूको मनपर्ने आभूषण पनि भएकाले यसलाई घरमा राख्नु निकै शुभ मानिन्छ ।

वास्तुशास्त्र अनुसार घरमा राखिएको मयूरको प्वाँखले घरमा भएको नकारात्मक ऊर्जालाई टाढा राख्छ  । घरमा मयूरको प्वाँखहरू राख्नाले सम्बन्धमा मिठास ल्याउँछ भन्ने विश्वास गरिन्छ ।

घरको कस्तो ठाउँमा राख्ने त ?
धर्मशास्त्र, ग्रन्थ, वास्तु र ज्योतिष शास्त्रअनुसार  घरमा मयूरको प्वाँख राख्दा जहिले पनि त्यस्तो ठाउँमा राख्नु पर्छ जहाँबाट सबैलाई सजिलै देखिन्छ । घरमा मयूरको प्वाँख राख्नु धेरै महत्त्वपूर्ण छ ।  

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ४९ बजे

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक

राष्ट्रसंघको महासभा : नेपाल घरेलुसँगै अन्तर्राष्ट्रिय विषयमा केन्द्रित

न्यूयोर्क – नेपालले यसपटक संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा निकै महत्त्वपूर्ण

भरुवा बन्दुकसहित एकजना पक्राउ

रूकुम पश्चिम – प्रहरीले रूकुम पश्चिमबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ

सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल

दमौली – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले सरकारले

छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग