एमाले नेताहरु चढेको बुद्ध एयरको जहाज अवतरण नगरी जनकपुरबाट फिर्ता « Khabarhub

एमाले नेताहरु चढेको बुद्ध एयरको जहाज अवतरण नगरी जनकपुरबाट फिर्ता


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका शीर्ष नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर अवतरण नगरी काठमाडौँ फर्किएको छ ।

जहाजमा प्राविधिक समस्या आएपछि फिर्ता भएको विमानस्थल कार्यालयले जनाएको छ ।

एमालेको आजदेखि सिरहाको धनगढी नगरपालिकास्थित विष्णुपुरकट्टीमा सुरु हुने सचिवालय बैठकमा सहभागी हुन नेताहरु जनकपुरहुँदै त्यसतर्फ जाने तयारीमा थिए ।

जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता जनकपुर जान लागेका थिए ।

नेताहरु अब अर्को जहाजमार्फत जनकपुरहुँदै सिरहा जाने तयारीमा छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : २७ बजे

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको