रूसमाथि युक्रेनको ठूलो आक्रमण « Khabarhub

रूसमाथि युक्रेनको ठूलो आक्रमण


१३ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

मस्को– युक्रेनले रुसका पाँच क्षेत्रलाई निशाना बनाएको छ । युक्रेनले आज बिहान १० देखि २० वटा ड्रोनले एकैपटक आक्रमण गरेकाे थियो। यो हमला युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको बताइएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले रुसी क्षेत्रलाई ड्रोनमार्फत निशाना बनाएको आरोप लगाएको छ । यसलाई रुसी भूमिमा १८ महिनामा भएको सबैभन्दा ठूलो ड्रोन आक्रमणको रूपमा वर्णन गरिएको छ।

पश्चिमी रुसी सहर प्सकोभको विमानस्थलमा ड्रोन हमला गरिएको हो । सो आक्रमणमा दुई सैन्य यातायात विमानमा क्षति पुगेको छ।

सञ्चारमाध्यमका अनुसार प्स्कोभ युक्रेनको सिमानाबाट करिब ८०० किलोमिटर टाढा रहेको छ। आक्रमणबाट चारवटा आईएल–६७ युद्धक विमानमा क्षति पुगेको थियो।

पछिल्लो हप्ता युक्रेनले रुसमाथि आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको यो आक्रमणबाट थप स्पष्ट भएको छ ।

यसैबीच, मस्कोको भानुकोभो एयरपोर्ट पनि आज केहीबेरका लागि बन्द गरिएको थियो । आक्रमणको क्रममा एउटा ड्रोन इन्धन भर्ने कम्प्लेक्समा ठोक्किए पछि त्यसमा आगो लागेको बताइएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  १० : ४६ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,