रूसमाथि युक्रेनको ठूलो आक्रमण | Khabarhub Khabarhub

रूसमाथि युक्रेनको ठूलो आक्रमण


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

मस्को– युक्रेनले रुसका पाँच क्षेत्रलाई निशाना बनाएको छ । युक्रेनले आज बिहान १० देखि २० वटा ड्रोनले एकैपटक आक्रमण गरेकाे थियो। यो हमला युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको बताइएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले रुसी क्षेत्रलाई ड्रोनमार्फत निशाना बनाएको आरोप लगाएको छ । यसलाई रुसी भूमिमा १८ महिनामा भएको सबैभन्दा ठूलो ड्रोन आक्रमणको रूपमा वर्णन गरिएको छ।

पश्चिमी रुसी सहर प्सकोभको विमानस्थलमा ड्रोन हमला गरिएको हो । सो आक्रमणमा दुई सैन्य यातायात विमानमा क्षति पुगेको छ।

सञ्चारमाध्यमका अनुसार प्स्कोभ युक्रेनको सिमानाबाट करिब ८०० किलोमिटर टाढा रहेको छ। आक्रमणबाट चारवटा आईएल–६७ युद्धक विमानमा क्षति पुगेको थियो।

पछिल्लो हप्ता युक्रेनले रुसमाथि आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको यो आक्रमणबाट थप स्पष्ट भएको छ ।

यसैबीच, मस्कोको भानुकोभो एयरपोर्ट पनि आज केहीबेरका लागि बन्द गरिएको थियो । आक्रमणको क्रममा एउटा ड्रोन इन्धन भर्ने कम्प्लेक्समा ठोक्किए पछि त्यसमा आगो लागेको बताइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : ४६ बजे

सेयर बजारमा १८.४५ अंकको वृद्धि

काठमाडौँ– दुई दिनको करेक्सनपछि मंगलबार सेयर बजारमा फेरि सुधार देखिएको

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्

शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ– नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी

कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि स्थानीयलाई सास्ती

भोजपुर– कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित