मझगाउँ विमानस्थलको निर्माण सुस्त « Khabarhub

मझगाउँ विमानस्थलको निर्माण सुस्त


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माण सुस्तगतिमा भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माण सुस्तगतिमा भएको विमानस्थल आयोजनाका इन्जिनियर अंकित शर्माले बताए। बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले विमानस्थल निर्माणको काम रोकिएको उनले बताएका छन्  । 

‘माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या भएपछि काम रोकिएको छ’, शर्माले भने, ‘बर्खा रोकिएपछि फेरि काम सुरु गर्नेछौँ ।’ उनका अनुसार विसं २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी रू ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावनमार्गको नौँ सय मिटर सवबेस र नौँ सय मिटर नाली निर्माण सकिएको छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनः निर्माण भइरहेको इन्जिनियर शर्माले जानकारी दिए। उनका अनुसार विमानस्थल पुनःनिर्माणमा भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र संघीय सरकारको ५० प्रतिशत लगानी रहेको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्न वाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएकाले निर्माण प्रभावित बनेको आयोजनाका इन्जिनियर शर्माले बताएका छन् । ‘उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण तथा कामदार निकुञ्जले नियन्त्रणमा लिएको थियो’, उनले भने, ‘काम सञ्चालन गर्न दिने मौखिक सहमति भई भोगाधिकारको प्रक्रिया अगाडि बढाउने भएपछि धावनमार्ग निर्माण अगाडि बढेको हो ।’

मझागाउँ विमानस्थलमा एक हजार पाँच सय २५ मिटर लामो धावनमार्ग निर्माण भइरहेको छ । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो । सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो । त्यसयता विमानस्थल सञ्चालनमा आउन सकेको छैन । 

कञ्चनपुरमा विमानस्थल सञ्चालनमा नआउँदा हवाई सेवाका लागि यहाँका स्थानीय धनगढी जाने गरेका छन् । 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १ : १२ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर