त्रिभुवन विमानस्थल भन्सारका १३७ जनाले मागे सरुवा « Khabarhub

त्रिभुवन विमानस्थल भन्सारका १३७ जनाले मागे सरुवा


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सामूहिक सरूवा मागेका छन्। 

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट दुःख दिइएको भन्दै उनीहरूले सरूवाको माग गरेका हुन् । 

काम गर्ने वातावरण नभएको भन्दै  त्रिभुवन विमानस्थलका ३५ अधिकृतसहित १ सय ३७ कर्मचारीले एकैसाथ सरूवा मागेका हुन्।  

राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकोमा बिना कारण दुःख दिने र मानसिक रूपमा क्षतविक्षत बनाउने कार्यले कामकारबाही गर्न कठिन भएको कर्मचारीहरूले सार्वजनिक गरेका पत्रमा उल्लेख छ।

कामकाज गर्ने मनोविज्ञान तथा वातावरण नरहेको भन्दै सो भन्सार कार्यालयबाट सामूहिक सरुवा गरिदिन उनीहरूले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : ०४ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा