एसिया कप किक्रेट : पाकिस्तानले टस जितेपछि पहिले बलिङ गर्दै नेपाल « Khabarhub

एसिया कप किक्रेट : पाकिस्तानले टस जितेपछि पहिले बलिङ गर्दै नेपाल


१३ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले टस हारेको छ । 

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा अहिले भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्ने भएको छ । 

नेपालले पहिलो पटक विश्व क्रिकेट वरियताको नम्बर १ टोली पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता टोली हो ।

पाकिस्तानको प्लेइङ–११ मा फखार जमान, इमाम उल हक, बाबर आजम(कप्तान), मोहम्मद रिजवान, सादब खान, मोहम्मद नवाज, अघा अली सलमान, इफ्तिखर अहमद, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन् । 

नेपाली टोलीमा भने कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् । 

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ३ : १० बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने