बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बाँके– निकुञ्ज सफारीलाई सहज बनाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल बनाइएका छन् । निकुञ्जभित्र रहेका स–साना खोलानालामा आवतजावत सहज बनाउने उद्देश्यले २० वटा काठका पुल निर्माण गरिएको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए । 

‘निकुञ्जभित्र स–साना खोलानाला छन् । वर्षामा खोला तार्न गस्ती सम्भव छैन’, उनले भने ,’गस्तीका साथै अवलोकनमा आउनेलाई सहजताका लागि र निकुञ्जभित्र आगलागी वा केही विपद् भए तत्काल उद्धारका लागि २० वटा काठका पुल निर्माण गरिएका छन् ।’

संरक्षण अधिकृत शाहले उक्त पुल निर्माणका लागि निकुञ्जभित्रकै ढलका, पुराना काठ प्रयोग गरिएको बताए । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित बाँके राष्ट्रिय निकुञ्ज देशकै कान्छो निकुञ्ज हो । निकुञ्जमा ‘फायर लाइन’ बनाउने क्रममा खोला तथा खहरेमा काठका पुल निर्माण गरिएको संरक्षण उनले जानकारी दिए । 

शाहका अनुसार निकुञ्जको चारै दिशामा काठका पुल बनाइएका छन् । आवश्यकता हेरि पुल थप गर्न सकिने उनको भनाइ थियो । ‘निकुञ्जभित्र बनाइएका उक्त पुल तर्दै नियमित गस्ती गर्नुका साथै विभिन्न सवारीसाधन प्रयोग गरी निकुञ्ज सफारी गर्ने गरिएको छ’, उनले भने । 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ४ : ३१ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि