देशको अर्थतन्त्र जटिल अवस्थामा : अध्यक्ष ढकाल « Khabarhub

देशको अर्थतन्त्र जटिल अवस्थामा : अध्यक्ष ढकाल


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, “कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिक मन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ ।”

उनले विगतमा निजी क्षेत्रका तर्फबाट यस्तो अवस्थाको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिँदा व्यापारीले आफ्ना लागि मात्र कुरा उठाए भन्नेजस्ता धारणा राख्ने गरेका र यसबाट परिस्थिति बिग्रिँदै गएको बताए ।

सो कार्यक्रममा मुलुकको निजी क्षेत्रको नेतृत्वका रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, “विगतमा पनि कहिले नेपाल श्रीलङ्का हुने भयो भन्ने त्रास देखाउने र अनावश्यक नीति अख्तियार गर्ने तथा कहिले निर्यात प्रतिबन्धजस्ता कुरामा हामीले सरकारलाई सुझाउँदा व्यापारीले आफ्ना मात्र कुरा गरे भन्ने आरोप लाग्ने गरेकाले यस्तो अवस्था आएको हो ।”

पहिलेदेखि र अहिले पनि मुलुकको निजी क्षेत्रले कहिल्यै पनि आफ्ना मात्र कुरा राख्ने नगरेको र यो नीतिगत सुधारदेखि लिएर सबै कुरा आफूहरुले समग्र मुलुककै अर्थतन्त्रको सुधारका लागि राख्ने गरेको उनले स्पष्ट पारे ।

उनले भने, “सरकारले लिएका कतिपय नीतिले अहिले सरकारले नै तलब खुवाउन नसक्ने अवस्था सिर्जना भयो । समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ । नेपाल सरकार, राष्ट्र बैंक, अरु नियामक निकाय सबै एकै ठाउँमा आउनुको विकल्प छैन ।”

उनले निजी क्षेत्रले कहिले पनि खुट्टा नकमाएको स्पष्ट पार्दै निजी क्षेत्रको हितका लागि कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे । उनले पछिल्ला दिनमा व्यवसायीलाई परेका अप्ठेराप्रति निजी क्षेत्रकै तीनवटै निकाय एकै ठाउँमा उभिएर आवाज उठाएको पनि बताए ।

“अहिलेको समस्यामा व्यापारीलाई मात्रै दोष दिएर हुँदैन”, उनले भने, “अहिले समस्या सबैको साझा हो सबै मिलेर अघि बढ्न सके त्यति गाह्रो पनि छ जस्तो मलाई लाग्दैन ।”

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ८ : २५ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र