एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित « Khabarhub

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । अधिवेसन सुरू भएको ५ दिनपछि एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ ।

गएराति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे ।

यसैगरी, ६१५ मत सहित उपाध्यक्षमा दावादोर्जे लामा निर्वाचित भएका छन् । सचिवमा १ मत बढी प्नाप्त गरी ललितपुरका नवराज सिलवाल विजयी भए । पूर्व वरिष्ठ प्रहरी अधिकृत सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।

दुई उपसचिवमा प्रेमकुमार महर्जन र भक्त कुमारी लामा विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

साथै, लेखा आयोग अध्यक्षमा श्याम कृष्ण श्रेष्ठ विजयी भएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ४६ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख